arrow

कांग्रेसमा नयाँमार्गचित्रको जरुरी भैसक्यो – कृष्णप्रसाद सिटौला

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
krishna-sitaula.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र नयाँ मार्गचित्र नबनाइ नहुने बताएका छन् । राजधानीमा आफू मातहतका काँग्रेसी नेता तथा कार्यकर्ता समेटेर गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिटौलाले काँग्रेसले सामन्तवादको अन्त्य गरे पनि सामन्त संस्कृतिको अन्त्य हुन नसकेको बताए । 

उनले कम्युनिष्ट सरकार त्यो संस्कृतितिर उन्मुख भएको भन्दै काँग्रेसभित्र पनि सामन्ती संस्कार नहटेको बताए । 

आफूहरु लोकतन्त्र र पारदर्शीका लागि लडे पनि आफ्नै पार्टीभित्र सामन्ती संस्कारको शिकार बनिरहेको उनले बताए । 

राज्यको शक्ति सन्तुलन क्षयीकरण हुने क्रममा रहेको भन्दै नेता सिटौलाले अहिले चिन्तित भएर यसलाई रोक्नका लागि लाग्नुपर्ने बेला आएको बताए । 

सरकारले राज्यका सबै अंगलाई हस्तक्षेप गर्न लागेको भन्दै सिटौलाले काँग्रेस यस्तो प्रवृत्ति रोक्न लाग्नुपर्नेमा जोड दिए । 

चौतर्फी रुपबाट राज्यलाई लुलो बनाउने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्नका लागि काँग्रेसभित्र आफै नयाँ शक्तिभित्र उठ्नु जरुरी छ । 

उनले भने, ‘हामी आफै तल पर्यौं भने अरु कसैलाई अर्ति उपदेश दिनुको अर्थ छैन ।’ 

उनले भने, ‘आजको अवस्थाको पार्टीको नेतृत्व जुन ठाउँमा छ मभित्र परिवर्तन आउनै पर्छ, नयाँ चेतना जाग्नैपर्छ, आफू सही बाटो नहिंडी अर्कालाई सही बाटोमा लग्न सकिन्न, तबमात्र काँग्रेसभन्दा बलियो पार्टी कुनै पार्टी हुँदैन । बलियो छौं भन्दैमा सुतेर हुँदैन ।’ 

पार्टीलाई खुल्ला र पारदर्शी ढंगले देशभर काँग्रेसको विचार चलाउनु पर्नेमा उनको जोड छ । ‘हामी पुराना नेताको लिगेशी बनेको भन्दै त्यही व्यवहार र नीतिमा हिंड्छौं भन्ने संकल्प गरौं, नेता सिटौलाले भने । 

पार्टीमार्फत म राष्ट्रका लागि छु भन्ने सिद्धान्त लागु हुनुपर्ने उनले बताए । 

सधै गुनासो र गनगन गरेर पार नलाग्ने भन्दै नयाँ बाटो निर्माण लाग्ने तागत हुनुपर्छ भनेका छन् । 

काँग्रेस अरुले दिएको घरमा नबस्ने भन्दै आफ्नो शैलीमा आफ्नै घरमा बस्नुपर्नेमा जोड दिए । 

नयाँ सरकारले छोटो समयमै राज्य सन्तुलन गुमाउँदै गएको भन्दै हरेक अंग ‘क्याप्टर’ नै गर्न लागेको बताए । 

कम्युनिष्टको जस्तो शत्रु भन्ने शब्द आफूहरुको डिक्सनेरीमा नरहेको भन्दै नेता सिटौलाले यदि कम्युनिष्ट सरकार गलत बाटोमा लागे प्रतिकारमा उत्रन तयार रहेको बताए । 

काँग्रेस नै परिवर्तनको नेतृत्व लिन सक्ने दल भएकाले त्यही लयलाई फेरि पनि निरन्तता दिन सक्नुपर्ने बताउँदै नेता सिटौलाले काँग्रेसहरु फेरि एक जुट बन्नुपर्ने बताए । 

काँग्रेसले कम्युनिष्ट नेताहरुलाई राजनीतिको लाइनमा ल्याएकाले उनीहरु आफूहरुका प्रतिद्धन्द्धी नभएको पनि नेता सिटौलाले बताए । 

लोकतन्त्रलाई अझ सुदृढ र सबल बनाउने अभियान आफूहरुले निर्माण गर्न सक्ने पनि नेता सिटौलाले बताए । 

 काँग्रेसलाई समय सापेक्ष र बदलिँदो परिस्थिति अनुसार चुनौतीहरुलाई चिर्न सक्ने संगठन कसरी बनाउने भन्ने सन्दर्भमा अन्तक्र्रियाको आयोजना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ