arrow

काठमाडौं उपत्यकामा पाहाचह्रे पर्व 

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
pachare.JPG

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार नेवार समुदायले  पाहाचह्रे  पर्व मनाउदैछन् । टोलटोलमा लुकेर बसेका महादेवलाई सरसफाई गरी लुकुमहाद्य पुजा गरी पाहाचह्रे पर्व मनाउने गरीन्छ ।  

लुकेर बस्ने महादेवलाई सरसफाई गरी टोल वरपर सफा गर्ने चलन छ । अन्य दिन मासु नखाने महादेबले शुक्रबार भने मासु सहितको भोजन गर्ने जनबिश्वास  रहेको छ । विशेषगरी यो  दिन टोलटोलमा रहेका महादेवलाई तोरी र मुलाको फुल चढाउने र  नेवारी परम्परा अनुसार मासु सहितको समयबजी राखेर पुजा गर्ने चलन छ । 

जात्रा अवधिभर महादेवलाई पञ्चमकार अर्थात मत्स्य , मांस , मध्य ,मुद्रा र मैथुन राखेर पुजा गर्ने परम्परा रहेको छ । लुकेर बसेका महादेवलाई  मासु सहितको समयबजी खाएको अरु कसैले पनि नदेखोस भनी यसरी तोरी र मुलाको फुलले छोप्ने परम्परा रहेको हो । संस्कृतिविद यज्ञमानपति बज्राचार्यको धारणा भने फरक छ । बज्राचार्यका अनुसार महादेवको पुजा नभई यो त बालबालिकाको रक्षा र संरक्षण लागि लुकुमहाद्यको पुजा गर्ने परम्परा हो । 

उनका अनुसार महादेवको पुजा नभई बालबालिका झ्याल, छतबाट नखसुन्, खसेपनि रक्षा होस भन्दै रक्षा र संरक्षणको प्रतिकात्मक चिन्हका रुपमा लुकुमहाद्यको पुजा गर्ने गरीन्छ  । नेपालभाषामा पाहा को अर्थ पाहुना र पाहाचह्रेको अर्थ चर्तुदशी भएकाले पाहुनालाई बोलाएर खुवाउने पर्वका रुपमा लिइन्छ । 

महादेवका लागि चढाउन बनाउने विभिन्न मिष्ठान भोजन पाहुनालार्इृ  पनि बोलाएर खुवाउने भएकाले यो पर्वलाई पाहाचह्रे पर्व भनिएको हो । उपत्यकामा अष्टमातृकाको पुजा गर्ने परम्पराको थालनीसंगै पाहाचह्रे  पर्व मनाउन थालिएको हो । तीनदिन विशेष उल्लासका साथ मनाउने यो पर्व काठमाडाैँबासीले भने अझ उल्लासका साथ मनाउछन । 

काठमाण्डौमा पाहाचह्रेका अवसरमा विभिन्न देबीको खट जुधाएर जात्रा मनाउने परम्परा छ । जात्रामा मुख्यगरी कंकेश्वरी, नरदेवी, टंकेश्वरको नीलबाराही, वचु भद्रकाली र लुमह्री भद्रकालीको खट जात्रा पर्सि चैत्र शुक्ल प्रतिपदाका  दिनसम्म नै मनाइन्छ ।  उपत्यकामा जात्राको पहिलो दिन चैत्र कृष्ण चर्तुदशिका दिन शुक्रबार विभिन्न शक्तीपीठहरुमा पुजा गरीन्छ । 

यो दिन काठमाडौमा रहेका विभिन्न देवीलाई मुख्य मन्दिरमा लगिन्छ । र होम पुजा गरीन्छ । भोलीपल्ट औंसीको रातमा तीनवटै खटलाई टुंडिखेलमा जुधाइन्छ भने चैत्र शुक्ल प्रतिपदाका दिन असनमा देवीको खट जुधाएर जात्रा मनाइन्छ । 

पाहाचह्रे मनाउने विषयमा तिथीका कारण केही अन्योल
यसैबीच , पाहाचह्रे मनाउने विषयमा तिथीका कारण केही अन्योल छाएको छ ।  चर्तुदशी तिथी विहिबारै सुरु भएकाले कतिले विहिबारकै दिन यो पर्व मनाएका छन् । ललितपुरका विभिन्न स्थानमा विहिबार नै लुकुमहाद्य पुजा गरी पाहाचह्रे मनाएका छन । 

चोक चोकमा रहेका लुकुमहाद्यको सरसफाई गरी पुजा आजा गरिएको छ । चर्तुदशी र औशी  दुवै तिथी परेकाले अधिकाशले पाहाचह्रे पर्व शुक्रबार मनाउदैछन भने शनिबार घोडेजात्रा पर्व मनाउने तयारी गरीरहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ