arrow

कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार

त्रिशूली, नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए  ।

सम्मेलनको उद्घाटन कांग्रेसका केन्द्रीय सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको पनि उनले बताए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ