arrow

उपसभामुखमा भुसाल र तुम्बाहाङफेको उम्मेदवारी प्रस्तुत

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
sava.JPG

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ ।  सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा एमालेका शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो ।

भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गरिन् । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी दिएको बताइन् ।  

उनले सभामुख पदमा कृष्णबहादुर महरालाई काँग्रेसले समर्थन गरेको तथा उपसभामुखमा फरक फरक दलको उम्मेदवार हुनुपर्नेमा एमाले र माओवादी केन्द्र चाँडै एकीकृत हुने भएकाले पनि काँग्रेसको उम्मेदवारी सान्दर्भिक भएको दाबी गर्दै अंक गणितका आधारमा उपसभामुखमा भुसाललाई हराइए सदन अवरोध हुने खतरा बढ्न सक्ने बताए  ।

सो प्रस्तावमा काँग्रेसको समर्थन गर्दै देवेन्द्रराज कँडेलले जनताको विश्वासलाई जित्नका लागि सरकार विपक्षी मिलेर जानुपर्ने अवस्थामा मध्यस्थ भूमिका निर्वाह गर्न भुसालको उम्मेदवारी आवश्यक छ भने।

तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गरे । उनले विद्यमान राजनीतिक अवस्थामा जनताको जनादेशका आधारमा जानुपर्ने भएकाले तुम्बाहाङफेलाई पार्टीले अघि सारिएको बताए ।

गुरुङको प्रस्तावमा समर्थन गर्दै नेकपा एमालेका रवीन्द्रप्रसाद अधिकारीले तुम्बाहाङफे कानून व्यवसायीका साथै वाम आन्दोलनमा योगदान दिएको व्यक्ति भएको बताउँदै उनको नाममा सहमति गर्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ