arrow

' जति कुरा राख्नुछ केन्द्रीय समितिमै राख्नुस, लिखित रुपमा राख्नुस '

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
nc-party-office.png

काठमाडौं। नेपाली काँग्रेसका नेताहरुलाई जति कुरा राखेपनि केन्द्रीय समितिमै लिखित रुपमै राख्ने व्यवस्था केन्द्रीय कार्यालयले मिलाउन लागेको छ। मौखिक रुपमा राखेका कुराहरु सबै रेकर्डमा रहन नसक्ने अवस्थालाई समेत मध्यनजर गर्दै जति कुरा राखेपनि लिखित रुपमा केन्द्रीय समितिमा राख्ने व्यवस्था मिलाउन केन्द्रीय कार्यालयले तयारी गरेको हो। 

चैत्र ९ गते बस्ने केन्द्रीय समितिको वैठकबाटै केन्द्रीय समितिका सबै सदस्यहरुलाई आफ्ना कुरा लिखित रुपमै राख्न आग्रह गरिन लागेको हो। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अब कुनै पनि नेतालाई आफ्ना कुरा कहि कतै गएर भन्ने अवस्था आइ पर्दैन, केन्द्रीय समितिमा आफ्ना कुरा लिखित रुपमै राख्ने व्यवस्था मिलाइदैछ। 

नेपाली काँग्रेसमा वैठक नै कम बस्ने पनि बसेपनि थोरै छलफल हुने गरेको आरोपहरुलाई चिर्दै केन्द्रीय कार्यालयले नयाँ व्यवस्थाको गृहकार्य गरेको हो। 

कुनै पनि केन्द्रीय सदस्य तथा पदाधिकारीलाई पार्टी संगठन, पार्टी पद्धती र पार्टी नेतृत्वप्रति समेत कुनै कुरा भए त्यसलाई लिखित रुपमा राख्दै त्यसमा छलफल गराउने व्यवस्था गर्न लागेको प्रवक्ता शर्माले बताए। सबै नेताहरुको कुरालाई समेटेर त्यसका आधारमा पार्टीमा सुधार गर्नुपर्ने कुराहरुलाई सुधार्ने र सामुहिक रुपमा निर्णय लिने गृहकार्य भएको शर्माले बताए। 

पार्टी सभापति शेर बहादुर देउवासँगको परामर्शपछि यो नयाँ व्यवस्थाको गृहकार्यमा आफूहरु लागेको शर्माले बताए। विभिन्न समुहगत रुपमा विभिन्न पार्टी प्यालेस र होटलमा भइरहेका छलफलहरुलाई केन्द्रीय कार्यालयले मसिनो गरि हेरिरहेको र ति सबै छलफलहरु पार्टीको हितका लागि भइरहेकोमा ढुक्क छ।  छलफलहरुबाट प्राप्त हुने सुझाव र रायले पार्टी थप मजवुद हुने विश्वास समेत राखिएको शर्माले बताए। हामी अपेक्षा गरिरहेका छौ, 'सबै विचारहरुलाई समेटेर पार्टीको विचारलाई थप प्रभावशाली बनाउन लिखित रुपमै केहि दस्तावेजहरु आउनेछन्। '

पार्टीलाई गतिशिल बनाउन र उर्जा प्रदान गर्न सामुहिक रुपमा मात्र सम्भव हुने बुझाइ नेतृत्वको छ। यसका  लागि केहि आन्तरिक काम पनि सँगै गर्ने क्रममा केहि दिनमा पार्टीकव वेभसाइट पूर्ण रुपमा परिवर्तन गरि अन्तर्क्रियात्मक बनाउने काम भइरहेको पनि प्रवक्ता शर्माले बताए। नियमित रुपमा हुने पत्रकार सम्मेलनको लागि पाार्टी कार्यालयमा कक्ष बनाउने काम समेत केहि दिनमा तयारी हुने बताइएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ