arrow

बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
rabindra-adhikari-minister.jpg

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आज मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उल्लेख गरे।

मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिए। मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री अधिकारीले भने, “मुख्य प्राथमिकता निजगढ हो, यो मेरो मात्र भन्ने नठान्नुस् राज्यकै प्राथमिकताको आयोजना पनि हो।”

त्यसैगरी सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन‘भिजिट नेपाल इयर’एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन्। सन् २०२० मा १५ लाख पर्यटक पुर्‍याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो। सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए।

पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउनेगरी काम गर्न निर्देशन दिए।

को हुन अधिकारी
वि.सं. २०२६ साल वैशाख २२ गते भरतपोखरी–९ कास्कीमा जन्मिएका हुन्। अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएका अधिकारी एमालेका प्रखर नेताको रुपमा गनिन्छन्। उहाँ तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन्।

व्यवस्थापनमा स्नातकोत्तर उत्र्तीण अधिकारी वि.स. २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए यस्तै उनी २०७० सालको निर्वाचनमा कास्की–३ बाटै प्रत्यक्ष निर्वाचित भए भने २०७४ मा कास्की–२ बाट विजयी भए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ