arrow

बिप्लवको कैलाली बन्द: राजमार्ग बढी प्रभावित

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ चैत ३ शनिबार
banda2.jpg

धनगढी ।  घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी माथी आक्रमण गरेको आरोपमा आफ्ना कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको कैलाली बन्दको प्रभाव राजमार्ग र भन्सार नाकामा बढी देखिएको  छ ।

नेपाल कम्युनिस्ट पार्टी बिप्लव पक्षले आज शनिबार आव्हान गरेको कैलाली बन्दले पुर्व-पश्चिम राजमार्ग प्रभावित बनेको छ । प्रदेश नम्बर ७ लाई मुलुकको अन्य भाग संग जोड्न प्रवेश मार्गको रुपमा रहेको कैलाली बन्दले सिंगो प्रदेशलाई प्रभाव पारे पनि यसको बढ्ता असर राजमार्ग , राजश्व संकलन गर्ने भन्सार र आसपासका बजारहरुमा देखिएको छ ।

यद्यपि बन्दले  धनगढीलाई समेत प्रभावित पारेको छ । ७ नम्बर प्रदेशकै प्रमुख अन्तरास्ट्रिय नाकाका रुपमा रहेको धनगढी स्थित त्रिनगर-गौरीफण्टा नाकाबाट मालबाहक ट्रक लगायत अन्य सवारी साधन नेपाल प्रवेश गरेका छैनन । लोड भइ नेपाल आउन लागेका मालबाहक सवारी साधनहरुलाई सुरक्षाको कारण देखाउदै भारतीय प्रशासनले भारतीय भुमिमै रोकेर राखेको छ ।

नेपाल-भारत नाका बाट मालबाहक र अन्य सवारी साधनहरु नेपाल प्रवेश हुन नपाउदा आज राजश्व संकलन समेत नराम्ररी प्रभावित भएको छ ।  बिप्लब पक्षले घोषणा गरेको बन्दका कारण जनजीवन प्रभावित देखिएको छ ।

आज शनिबार बिप्लव पक्षले गरेको बन्दका कारण पुर्व-पश्चिम राजमार्गमा पर्ने चिसापानी , लम्की, सुखड, मसुरिया, चौमाला लगायतका बजार बन्द रहेका छन् । तर प्रदेश नम्बर सात बाट काठमाडौं लगायत देशका अन्यत्र जाने र आउने लामो दुरीका सवारी साधनहरुलाई प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा स्कर्टिङमा चलाइएको छ ।

आज बिप्लव पक्षको बन्दका कारण धनगढी बजारमा समेत प्रभाव देखिएको छ । कैलाली प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल भन्छन् "बन्दले प्रभाव त पारेकै छ । बजार बन्दनै छ तर छोटो दुरीका सवारी साधन भने चलेकै छ ।" प्रमुख जिल्ला अधिकारी रिजाल भन्छन् "सुरक्षा अबस्था बलियो पारिएको छ । "बिप्लव पक्षले आव्हान गरेको बन्दका क्रममा यो समाचार तयार पारुन्जेल अप्रिय घटना भने भएका छैनन् । पुर्व-पश्चिम राजमार्गमा सुरक्षा ब्यबस्था साबिक भन्दा कडा पारिएको छ । राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।
 

 मेयर ममता प्रसाद चौधरीमाथी बिप्लव माओबादीका कार्यक्रर्ताले आक्रमण गरेको भन्दै प्रहरीले  घोडाघोडी नगरपालिका १ का कमल क्षेत्री, वडा नम्बर ९ का भरत शाह, वडा नम्बर ८ का पुर्ण प्रसाद खनाल, र वडा नम्बर १ का ह्दयराज बोगटीलाई पक्राउ गरेको छ । पक्राउ गरिएका आफ्ना कार्यकर्ताको बिना सर्त रिहाइको माग राख्दै नेपाल कम्युनिस्ट पार्टी बिप्लब पक्षले बन्द आह्वान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ