arrow

विकास गर्न सत्ता पक्ष र प्रतिपक्ष नभनौंः मुख्यमन्त्री पोखरेल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत ३ शनिबार
krishi1.jpg

बुटवल । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले अब सत्ता पक्ष र प्रतिपक्ष नभनी एकजुट भएर विकासमा लाग्ने समय आएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले हिजोको घटना क्रममा जेजस्तो भए तापनि कहाँ कसले जित्यो कसले हार्यो भनी टिका टिप्पणी गर्नभन्दा सबै राजनीतिक दल एकै ठाउँमा भएर समृद्ध नेपाल बनाउनतर्फ लाग्नु पर्ने बताए ।

रुपन्देहीको मर्चवारमा शनिबार आयोजित साना किसान कृषि सहकारीको कार्यक्रममा बोल्दै पोखरेलले प्रदेश सरकारले सहकारी मार्फत् किसानलाई बजारसँग जोडेर उत्पादनको बजारीकरण गर्ने बताए ।

‘राम्रो र व्यवस्थित बजार अभावमा किसानले दुःख पाइरहेका छन्, यसलाई प्रदेश सरकारले चाँडोभन्दा चाँडो समाधान गर्नेछ’, उनले भने– ‘वर्षभरि खेती गरेका किसानले बजार नपाउँदा धेरै चिन्ता हुन्छ । हामी त्यसतर्फ चिन्तित छौं ।’

बास्तविक मर्चवारको अवस्था बारे बुझन आफू मर्चवार आएको बताउँदै मुख्यमन्त्री पोखरेलले समग्र पाँचनम्बर प्रदेशको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखी सरकारले कामको सुरवात गर्ने बताए ।

उनले अवको कृषि प्रणाली पुरानो जमानाको नभइ आधुनिक तरिकाको हुनुपर्ने बताउँदै त्यसको नेतृत्व गर्न साना किसान कृषि सहकारीलाइ आग्रह गरे ।

 अबको समय आम्दानी मुलक खेति गर्नुपर्ने समय भएकाले सानो लगानी र सानो जनशक्तिमा धेरै उत्पादन हुने खालको कृषि प्रणालीको विकासका लागि आफुले योजना बनाउने र त्यसमा हातेमालो गर्नको लागि कृषकहरुलाइ समेत उनले आग्रह गरे । उनले छोटो समयमा धेरै अपेक्षा नराख्न आग्रह गर्दै सबै मर्म बुझेर प्रदेस सरकारले योजना बनाई विकास गर्ने बताए ।

रुपन्देही क्षेत्र नं.३ (२) का प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरीले अब नीजि, सरकारी र सहकारी गरी तीनखम्बे उचित अर्थनीतिले मात्र देसको विकास हुनेहुँदा त्यस्तो खालको अर्थनीति निर्माण गरी सरकारले कार्य गर्ने बताए ।

सहकारीका अध्यक्ष ओम प्रकाश यादव गुल्जारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख ओम शर्मा, फोरम जिल्ला अध्यक्ष महेन्द्र यादवलगायतले बोल्दै कृषि सहकारीले गरेको कामको प्रशंसा गरे ।

उनीहरुले मर्चवार विकासमा पछाडि परेकालले प्रदेश सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा सहकारीमा ५ हजारको शेयर सदस्यता लिइ मृत्यु भएका परिवारका सदस्यहरुलाई बिमा रकम बापत रु ५० हजार रकम प्रदान गरिएको थियो भने सहकारी संचालक, बढी दैनिकी जम्मा गर्ने सदस्यलगायतलाई सम्मान गरिएको थियो ।

जिल्लाको विकट क्षेत्र मानिने मर्चवार कृषिका लागि पकेट क्षेत्र मानिन्छ । यहाँ सडक संजाल, शिक्षा, स्वास्थ्यको समस्या बढी छ ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखी खोलिएको साना किसान सहकारीका २ हजार ५ सय बढी शेयर लगानीकर्ता छन् । शेयर सदस्यहरुले सोही सहकारीबाट ऋण लिएर कृषि उत्पादनमा लगानी गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ