arrow

वन डढेलो नियन्त्रण गर्न टोली परिचालित

logo
मणि प्रसाद गैह्रे ,
प्रकाशित २०७४ चैत ३ शनिबार
kapil1.jpg

कपिलवस्तु ।   देशभर १९ हजारको हाराहारीमा सामुदायिक वन रहेकामध्ये अधिकाशं जङ्गलमा चैत वैशाखमा धेरै आगलागी हुने गरेका छन् । वन क्षेत्रमा हुने आगलागीका कारण बसिनौँ हजारौँ वन्यजन्तु मर्ने गरेका छन् । वनमा हुने आगलागी कम होस् भन्ने उद्देश्यका साथ वन व्यवस्थापन समितिले आफ्नो वन क्षेत्र भित्र डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन गरी रहेका छन ।

  यसै विच कपिलवस्तुमा रहेका सामुदायिक बनले पनि चैत महिना लागे सगै सवाधानी अपनाएका छन । अहिलेको समय दैनिक जसौ आगलागीका घटाना नियन्त्रण गर्नका लागि वन समितिनै लागि परेको छ ।  आगलागीबाट हुने सम्भावित घाटनालाई मध्ये नजर गर्दै कपिलवस्तुमा रहेका सामुदायिक वन व्यवस्थापन समितिले समेत सचेतना अपनाउदै अग्नी नियन्त्रक वन भित्र परिचलित गरेको छ ।  

वनमा हुने आगलागीले मानवीय क्षतिसमेत हुने गरेको छ । वनमा लागेको आगालागीलाई नियन्त्रण लिनका लागि सामुदायिक बनले विभिन्न दक्ष प्राविधिक समेत खटेका छन ।  कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले बन जंगलमा लाग्ले डडेला नियान्त्रण गर्नका लागि सात जनाको दक्ष टोली समेत परिचालित गरेको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेश नाथ तिवारीले बताए ।

बन रक्षक दक्ष प्राविधिकहरुसगँ वाटर व्याग, हेलमेट, ड्रेस, पन्जा, जुता लगायतका समाग्री सहीत वनमा परिचालित गरेको अध्यक्ष गंगेशनाथ तिवारीले बताउनु भयो । टोलीलाई इलाका वन कार्यालय खरेन्द्रपुरका रेन्जर गणेश पुरीले डडेलो नियान्त्रण गर्नका लागि तालिम दिनुभएको थियो । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीको ४ वटा बल्कमा टोलीले डडेलो नियन्त्रण गर्ने, वनमा प्रज्वलनशिल समाग्री निषेध गरी वनमा भेटीएका जो कोहीलाई सचेत गराउदै हिडेका छन ।
वनमा खटिएका टोलीले फायर लाइन,  पातपंत्तिगर हटाउने काम गरिरहेको वनमा रक्षाका लागि वनमा खटेका बन रक्षक नारायण खनालले जानकारी दिनुभयो । अर्का बन रक्षक सत्तन बढई भन्छन अहिले त बनमा आगो लागेको छ यदि  बनमा आगो लागि हल्यो भने हामी तत्काल नियन्त्रण गर्न सक्ने भएका छौ ।

वन ऐनको दफा ४९ को ‘ख’ मा आगो लगाउन वा आगलागी हुने कुनै काम गर्नेलाई दफा ५० को ‘ख’ अनुसार कारबाही गर्ने व्यवस्था गरेको छ । दफा ५० को ‘ख’ मा वनमा आगलागी वा कसूर गर्नेलाई विगो असुल गरी रु दश हजारसम्म जरिवना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ