arrow

नेपाल ४५ रनले स्तब्ध, सोमपालको अलराउण्ड प्रदर्शनले पनि जोगिएन हार

नेपाल : विश्वकप छनोटमा अाठाैँ र विश्व वरियतामा १६ ‌‌‌औं

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
sompal.jpg

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेल नेपालले हारेको छ । सातौं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले हारेको हो । नेपाल ४४ ओभर ४ बलमा अलाउट भयो ।

यो हारले नेपालको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यतामा भने खासै फरक परेन । तर, साताैँ हुने प्रसाय सफल भएन । अब नेपाल आठौँ भएकाे छ । नेदरल्यान्ड्ससँगको हारपछि नेपाल विश्व वरियतामा १६ ‌‌‌औं स्थानमा पर्नेछ।

अलराउण्ड प्रर्दशन गर्ने क्रमा सोमपाल कामीले ३६ रन बनाए । दिपेन्द्र सिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन बनाए । करण केसीले १३ रन जोडे । नेदरल्याण्ड्सविरुद्ध सोमपालमात्रै चम्किए । नेदरल्याण्ड्सबाट सर्वाधिक रन बनाउने बीएफडब्लू डे लीडेलाई धरापमा पारेका सोमपालले बलिङतर्फ ४ विकेट लिएका थिए । उनको अलराउण्ड प्रदर्शनका बाबजुद नेपालको हार जोगिएन ।

प्रतियोगिताको अन्तिम ६ मा पर्न नसकेको नेपाललाई नेदरल्याण्ड्सले एक सय ९० रनको चुनौती दिएको थियो । यसअघि नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि बीएफडब्लू डे लीडेले ३९ रन बनाए ।

गएको बिहीबार पपुवान्यूगिनीलाई ६ विकेटले हराएर अन्तर्राष्ट्रिय मान्यता नजिक पुगेको नेपाल नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराएसँगै पक्का पक्की गर्न सफल भयो । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् पाँच चार पटक आमुन्ने–सामुन्ने भएकामा अब नेदरल्याण्ड्स ३ खेल जित्दै अगाडि देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ