arrow

योजनाकारले नै भने ‘एमाले–माओवादीको एकता घोषणा वैशाख ९ गते’

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
uml-maobadi-new.jpg

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा एमाले र नेकपामाओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले बताए । 

एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको बताए ।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पुयाएएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने, “२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।” 

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो । 

सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने उनले विश्वास व्यक्त गरे । 

एमाले र माओवादी केन्द्रबीचको एकता राष्ट्रिय आवश्यकताले अगाडि बढेको प्रस्टोक्ति दिनुहुँदै उपाध्यक्ष गौतमले भने, “विगतमा आफूलाई पार्टी फुटाएको आरोप लाग्ने गरेको र त्यसलाई परिपूर्ति गर्न पनि आफूले पार्टी एकताको प्रयास गरेको सफलता हासिल गरेँ ।” 

उनले आफूले बर्दियामा निर्वाचन हार्नुपर्ने कुनै कारण नभएपनि निर्वाचनमा पराजित भएको उल्लेख गरे । 

उपाध्यक्ष गौतमले भने, “पार्टी एकताको पहल गर्ने र दिनरात नभनी खटिने मैले निर्वाचनमा पराजित हुनुपर्ने कुनै कारण थिएन । तर प्राविधिक रुपमा मैले हारे । देशले जितेको छ ।” 

उपाध्यक्ष गौतमले विचारसहितको एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई आफूहरुले जिम्मा दिन लागेको बताए । “हामीले विचार, कार्यक्रमसहितको शक्तिशाली कम्युनिस्ट पार्टी भावी पुस्तालाई दिन लागेका छौँ । अब भावी पुस्ताले हामीलाई प्रश्न उठाउने ठाउँ समेत बाँकी रहने छैन”–उपाध्यक्ष गौतमले भने । 

वर्तमान सरकारले जनपक्षीय काम गर्ने विश्वास व्यक्त गर्दै एकाध वर्षमा मुलुकले ठूलो फड्को हान्ने स्पष्ट पारे । 

कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ