- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर क्लवहरु म्यान्चेस्टर युनाइटेड र टोटनह्याम एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।
युनाइटेडको जितमा रोमेलु लुकाकु र नेमान्जाको गोल सामेल रहेको थियो ।
युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा जित हासिल गरे पनि म्यानेजर जोजे मौरिन्होको मनस्थिति अझै ठिक ठाउँमा आएको छैन ।
च्याम्पियन्स लिगबाट बाहिरिएको ह्याङ अझै रहेको बताइन्छ ।
त्यसैगरी टोटनह्यामले स्वान्सी सिटीलाई ३–० ले हराउँदै युनाइटेडसंगै सेमिफाइनलमा स्थान बनायो ।
टोटनह्यामलाई जिताउन क्रिस्टियन एरिक्सेनले २ तथा एरिक लामेलाले १ गोल गरे ।