arrow

मनाङेले सपथ खाने सम्भावना सकिँदै, प्रहरीले अहिलेसम्म भेट्टाउनै सकेन 

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
depak_manange.jpg

काठमाडौं । फरार सूचीमा रहेका प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य दिपक मनाङे उर्फ राजीव गुरुङको सांसद बन्ने सपना सकिँदै गएको छ । 

मनाङेलाई नेपाल प्रहरीले खोजिरहेको छ र उनका बारेमा पत्तो लगाउन सकेको छैन । नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले  फरार मनाङेको  खोजीलाई तीव्र पारिएको भए पनि फेला पार्न नसकिएको बताए । 

उनले हाम्राकुरासंग भने, ‘अनुसन्धान भइरहेको छ, खोजी भइरहेको छ, यसक्रममा विदेशमा पनि खोजी हुन सक्छ ।’‘ 

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।

लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि प्रहरीले मनाङेको खोजी थालेको हो।

यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन्।

यति हुँदा पनि मनाङे प्रदेश सभा निर्वाचनमा मनाङबाट चुनाव लडी जित हासिल गरेका थिए । 

एमाले निकटका मनाङेले उम्मेदवारी भने स्वतन्त्रका रुपमा दिएका थिए । 

तर एमाले र माओवादी केन्द्रको समर्थन रहेको थियो । मनाङेको क्षेत्रमा एमाले र माओवादीले अर्को उम्मेदवार उठाएका थिएनन् । 

मनाङेले अहिलेसम्म सपथ लिन आएका छैनन् । सपथका क्रममा उनीमाथि प्रहरीले पक्राउ आदेश जारी गरिसकेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ