arrow

सरकार विप्लव लखेट्दै, विप्लव प्रचण्डपुत्री रेणुलाई धम्क्याउँदै

विप्लव समूहले रेणु दाहालको माग्यो राजीनामा

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
Renu-Parchand.jpg

काठमाडौं । सरकारले  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा पक्राउ पुर्जी जारी गरे पनि पक्राउ गर्न सकेको छैन । सरकारले उनलाई पक्राउ गर्नु त कता हो कता तिनै विप्लवले नेतृत्व गरेको पार्टीले प्रचण्ड पुत्री मेयर रेणु दाहाललाई धम्क्याउँदै बसेको छ ।

आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रहरी प्रशासन लगाएको केहि दिनमै  नेकपा नेत्र विक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद चितवनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको  राजीनामाको माग गरेको छ । जनपरिषदले विहिवार एक पत्र लेखि दाहालको राजीनामा माग गरेको हो ।

जनपरिषदले पत्रमा संस्थागत भ्रष्टचारले देश बर्वाद हुने, बामगठबन्धनका नाममा सरकार गठन गरिएको,  सरकारले लोकतन्त्रको नाममा फाँसिवादको अभ्यास गरिरहेको,  कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरुको तीव्र बढिरहेको उल्लेख गरिएको  छ ।

 जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्रमा 'दलाल पुँजीवाद र सामाजिक पूँजीवादको खेती गर्न दलाल संसदीय व्यवस्था फाँसीवाी तरिकाले राज्यशक्तिको दुरुपयोग गरी जनता माथि शासन लाद्ने गतिविधि गरिरहेको छ । त्यसैले जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकिति बन्नुको सट्टा आफ्नो प्रमुख पदीय ओहदाबाट राजीनामा दिइ राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गर्दछ ।' भनिएको छ ।

 जनपरिषदले राजीनामा नदिए  वर्गसंघर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वयंम हुनुपर्ने कुरा समेत उल्लेख गरेको छ ।     

 केहि दिन अघि नेकपाले नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष  पुष्पकमल दहाल प्रचण्ड विरुद्ध पक्राउ पूर्जी जारी गर्ने  प्रतिक्रिया दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ