arrow

प्रहरीले सुरु गर्‍यो मनाङेलाई 'इन्टरपोल’मार्फत खोज्न

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
depak_manange.jpg

काठमाडौँ । नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ ।

प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिए ।

 गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कारागार सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् । प्रहरीले उनका नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ