arrow

नागरिक समाज पार्टीको झुण्ड बन्यो : नेम्बाङ

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
Subash-chandra-negmang.png

काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले यहाँ ‘शान्ति, स्थिरता र विकास : बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उनले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताए ।

पूर्वसभामुख नेम्बाङले नागरिक समाजलाई देशमा भइरहेको राम्रो र नराम्रो कामको समीक्षा गर्न आग्रह गर्दे अहिले नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप लगाए । नेता नेम्बाङले खिलराज रेग्मी शक्ति पृथ्वीकरणको सिद्धान्त विपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अध्यक्ष र प्रधानन्यायाधीश भएदेखि न्यायालयमा राजनीतिक हस्तक्षेप बढेको समेत बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले राज्यका निकायलाई लोकतान्त्रिकीकरण र विश्वसनीय बनाउन आवश्यक रहेको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार र माफियातन्त्रले जरो गाडेको छ भन्दै मुलुकमा लोकतन्त्र बलियो बनाउनका लागि नागरिक समाज सशक्त भएर लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारले संवैधानिक अंगलाई कमजोर बनाउन खोजेको आरोप लगाए । कार्यक्रममा प्रा डा सुरेन्द्र केसी र डा गोपालकृष्ण शिवाकोटीले कार्यपत्र प्रस्तुत गर्दै मुलुकमा राजनीतिक अभ्यास वास्तविक नभएको हुनाले लोकतन्त्रमाथि खतरा बढेको बताए  । कार्यपत्रमाथि संविधानविद् नीलाम्बर आचार्य, डा भीमार्जुन आचार्य, प्रा विजयकान्तलाल कर्ण, मानवअधिकारकर्मी लिली थापालगायतले न्यायालयमा पछिल्लो पटक भएको कामले अब न्यायालय कसरी चल्ने भन्ने प्रश्न चिह्न खडा भएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ