arrow

पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

सुर्खेत। पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ। सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा खड्काका अंगरक्षक सञ्जिव आचार्य गम्भीर घाइते हुनुभएको छ भने पूर्वमन्त्री खड्काको गर्धन र खुट्टामा सामान्य चोट लागेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

घाइते खड्का र आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ