arrow

प्रदेशसभा नियमावली पारित

logo
प्रकाशित २०७४ चैत ४ आइतबार

बुटवल। प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ। आज दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो। प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो। नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभूजा पाठक, भोजप्रसाद श्रेष्ठ, तुलाराम घर्तीमगर र सन्तोष पाण्डेले आफ्ना धारणा राखे।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए। सो अवसरमा मुख्यमन्त्री पोखरेलले अब प्रदेशसभामा कानुन निर्माणको प्रक्रिया शुरु भएकाले जनचाहना अनुसार अघि बढ्ने बताए।

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकमा प्रस्तुत विधेयकउपर सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले)का प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले प्रस्तुत विधेयक निकै व्यवस्थित ढंगले आएको र यसले ५ नं प्रदेशको विकासलाई अघि बढाउन आधार तयार भएको बताए।

उनले यस प्रदेशको विकासका लागि सत्ता पक्ष विपक्षीको सोचले भन्दा पनि विकासका लागि सबै एकताको सुत्रमा बाँधिएर जानुपर्नेमा जोड दिए।

यस्तै विपक्षी दल नेपाली काँग्रेसका प्रदेश सदस्य डिल्लीप्रसाद चौधरीले विधेयक पुँजीगत खर्च समयमै हुने र योजना समयमै सम्पन्न हुने गरी आउनुपर्नेमा जोड दिँदै आर्थिक पारदर्शीता बनाउन विधेयकमा गम्भीर छलफल हुनु जरुरी रहेकामा जोड दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ