arrow

एसियाडको विशेष बन्द प्रशिक्षण वैशाखदेखि 

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
bista.JPG

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसियामा हुने आसन्न १८ औँ एसियाली खेलकुदको तयारीलाई लक्ष्य गरी खेलाडीको विशेष बन्द प्रशिक्षण आगामी वैशाखदेखि शुरु हुने बताएका छन् । 

राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको आयोजनामा आइतबारदेखि सातदोबाटोमा शुरु एनएससी हाई लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटन गर्दै उनले भने, “अहिले सञ्चालन भइरहेको राष्ट्रिय टोली तयारीको प्रशिक्षण चैतसम्म चल्नेछ । त्यसपछि एसियाली खेलकुदलाई मध्यनजर गरी बैशाखादेखि विशेष बन्द प्रशिक्षण शुरु गर्नेछौँ ।” 

उनले वैज्ञानिक पद्धतिबाट खेलाडीलाई प्रशिक्षण गराउने विधिबारे जानकारी दिने उद्देश्यले प्रशिक्षकका लागि सेमिनार सञ्चालन गरिएको बताए ।

राष्ट्रिय टोलीमा रहेका विभिन्न १५ खेलका प्रशिक्षकलाई समावेश गरी सेमिनार सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी दिए ।

सेमिनारलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको छ । पहिलो चरणमा मार्सल आर्टबाहेकका खेल स्क्वास, आर्चरी, भारोत्तोलन, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, पौडी र ब्याडमिन्टनका ३१ प्रशिक्षक सहभागी छन् । पहिलो चरण यही चैत ८ गतेसम्म चल्नेछ ।

दोश्रो चरणको सेमिनार यही चैत १२ देखि १६ गतेसम्म सञ्चलन हुनेछ । त्यसमा तेक्वान्दो, कराते, जुडो, कुस्ती, बक्सिङ र उसुका ३७ प्रशिक्षक सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ