arrow

परराष्ट्र मन्त्री ज्ञवालीलाई चीन र भारतको बधाईसंगै निम्तो, कता जाला मन

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
Nepal-India-china-flag1.jpg

काठमाडौँ । नेपालको परराष्ट्र मन्त्रीमा प्रदीप ज्ञवाली नियुक्त भएकामा भारत र चीनका विदेश मन्त्रीले बधाई ज्ञापन गरेका छन् । 

परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत र चीनका विदेश मन्त्रीहरुले आइतबार बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका विदेश मन्त्री श्रीमती सुष्मा स्वराजले परराष्ट्र मन्त्री ज्ञवालीको कार्यकालमा भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धका साथै आर्थिक सामाजिक विकास अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । 

उनले मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तोसमेत दिएकी छिन् । 

त्यसैगरी चीनका विदेशमन्त्री वाङ यी ले मन्त्री ज्ञवालीलाई पठाएको बधाई सन्देशमा द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभका क्षेत्रमा निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् । 

वाङले पनि मन्त्री ज्ञवालीलाई चीन भ्रमणको निम्तो दिएका छन् । अब मन्त्री ज्ञवालीको मन पहिले कता जाने हो त्यसको प्रतिक्षा भने गर्नैपर्छ । 

मन्त्री ज्ञवालीले गत शुक्रबार सपथ ग्रहणपछि पदभार ग्रहण गर्दा भनेका थिए –दुवै देशसंग बराबरी सम्बन्ध बनाउने मेरो लक्ष्य हुनेछ । 

योसंगै जब दुई देशबाट निम्तो आउँछ तब मन्त्री ज्ञवालीले कस्तो बुद्धि लगाउलान् त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ