arrow

पुटिनले लगाए लाहाछाप, ६ वर्षका लागि फेरि रुसको राष्ट्रपति 

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
putin1.jpg

काठमाडौं । भ्लादिमिर पुटिन फेरि रुसको राष्ट्रपति भएका छन् । आइतबार भएको राष्ट्रपतिको निर्वाचनमा उनी भारी अन्तरले विजयी हुँदै फेरि ६ वर्षका लागि रुसमाथि राज गर्नेछन् । 

पुटिन गत २० वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्तामा आसिन छन् । 

बीबीसीका अनुसार अधिकांश मत गनिसक्दा पुटिनले ७६ प्रतिशत भन्दा बढी मत पाएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका हुन् । चुनावमा पुटिनसँगै अरु सातजना उम्मेदवार थिए । पुटिन राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सन् १९९९ देखि रुसको प्रमुख व्यक्तिको रुपमा रहँदै आएका छन् ।

मस्कोमा भएको र्यालीलाई सम्बोधन गर्दै पुटिनले मतदाताले पछिल्ला वर्षमा भएको उपलब्धीलाई मूल्यांकन गरेको बताएका छन् ।

विश्व राजनीतिमा अमेरिकालाई टक्कर दिन पुटिन सक्षम भएको विश्व राजनीतिमा विश्लेषण गरिन्छ । 

Vladimir Putin, pictured voting in Moscow for presidential elections today, has denied Russia was involved in the 'hit' but made thinly-veiled threats at 'traitors'

He told an audience in the capital's Red Square that Russia has a great future ahead of it provided its people stayed united

Before leaving the stage to applause, he led the crowd in a chant of 'Russia, Russia!'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ