arrow

खरो उत्रिए देउवा, ओलीले दम्भ देखाएर न्यायालयमाथि हस्तक्षेप गरेको दावी 

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
deuba-ganeshmanko-batoma.jpeg

चितवन । कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

निजामति कर्मचारी युनियन संघको चितवन रत्ननगरमा सुरु भएको सातौं महाधिवेशन उद्घाटन समारोमा उनले भने,‘केपी ओली नेतृत्वको सरकारले प्रधानन्याधीश गोपाल पराजुलीलाई पद मुक्त गर्न बाध्य बनाएर न्यायलयमाथि हस्तक्षेप गरेको छ ।’

सभापति देउवाले प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतको दम्भ देखाएर न्यायलयमाथि हस्तक्षेप गरेको भन्दै त्यो कांग्रेसले सहन नसक्ने बताए । 

कांग्रेस स्वतन्त्र न्यायलय र स्वतन्त्र कर्मचारी तन्त्रको पक्षमा रहेको भन्दै उनले सरकारले यी दुई अंगमा हस्तक्षेपकारी भूमिका खेले कांगेसले त्यसको विरुद्ध डटेर सामाना गर्ने बताए ।

कर्मचारी सरुवा, बढुवामा वर्तमान सरकारले हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने बताए । 

आफू नेतृत्वको सरकारले संविधान निर्माण, त्यसको कार्यान्वयन र तीनै तहको निर्वाचन गराउन सफल भएको भन्दै देउवाले निर्वाचनको परिणामलाई दिएर निरास नहुँन कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तीनै तहको निर्वाचनमा पराजित भएर घाईते भएको कांग्रेसलाई उपचारको आवश्यकता रहेको बताए ।

 ‘कांग्रेसलाई उपचारको आवश्यकता छ,’ उनले भने,‘त्यो कस्तो संगठन विस्तार गर्दै जनताकोबीचमा पुगेर मात्र गर्न सकिन्छ ।’ उनले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन स्पष्ट एजेण्डासहित जनताका बीचमा जानु पर्ने बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ