arrow

हाइवेमा दुईपाङग्रे खतरा, दुर्घटनामा १ को मृत्यु, १ गम्भीर  

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
accident-final.jpeg

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । 

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बा२ख ३९२२ नंको माइक्रो र विपरीत दिशाबाट आएको लु३४प ७०८६ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जना घाइते भएका छन् । 

यसैबीच कावासोतीको कालीगण्डकी चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ गइरहेको पूर्व ग४प ६५२१ नंको बाइक र विपरीत दिशाबाट आइरहेको लु३५प ६४२८ नंको पल्सर बाइक एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ