arrow

कान्छी ल्याएर श्रीमानले हेला गरेपछि ताराले आफ्ना दुई नाबालकलाई मारिन् 

logo
ज्ञानु श्रेष्ठ
प्रकाशित २०७४ चैत ५ सोमबार
fire.jpeg

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमकी २५ बर्षिया तारा केसीले आफ्ना २ नाबालकलार्इ मट्टीतेल छर्किएर आगो लगाइ हत्या गरेकी छिन् । 

आइतबार राति साढे दश बजे बाँसको कत्तरले बारेको कटेजभित्र बच्चा राखेर उनले आगो लगाएकी थिइन् । 

आगोले डढेर ४ बर्षिय छोरा विपीन खत्री र २ बर्षिया छोरी रमिता खत्रीको ज्यान गएको छ । आगलागीबाट कटेज पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक अमरेन्द्रकुमार सिं ठकुरीका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलार्इ नियन्त्रणमा लिएका छन् । 

घटनास्थलको मुचुल्का गरी दुवै नाबालकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइदै गरेको उनले बताए । 

घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएको र आफुसंग नबसेको आवेशमा तारादेवीले बालबच्चालार्इ आगो लगाएकी हुन् । 

खत्रीले केहि बर्षअघि नै कान्छी श्रीमती ल्याएका थिए । कान्छीका तर्फ पनि दुई सन्तान रहेको खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ