arrow

रुसी राष्ट्रपतिमा पुटिन ७६.६७ प्रतिशत मत सहित पुन: निर्वाचित

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
putin1.jpg

मस्को। रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन । अधिकांश मत गनिसक्दा उनको मात्र लगभग ७६.६७ प्रतिशत मत देखिएको छ । यो उनका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।

विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जीत हासिल गर्नुभएको विश्वका सञ्चार माध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।  उनीहरुका अनुसार यहाँको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न त बाँकी नै छ तरपनि पुटिन ७६.६७ प्रतिशत मत हासिल गर्दै जितेका छन्।

राष्ट्रपतीय चुनावमा यो उनको अपेक्षित नै जीत हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्नुहुने भएको बताइएको छ। त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन्। निर्वाचनसम्बन्धी कानुन देखाएर उहाँलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो।

आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो। विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन्। यो उहाँको चौथो कार्यकाल हो। उनले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो।

यस पटकको राष्ट्रपति निर्वाचनमा उनीसहित आठजना उम्मेदवार थिए। तर उहाँपछि मत ल्याउने अर्थात् उनका निकटतम प्रतिद्धन्दी भने पावेल रुदिनिन थिए। पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गरेका छन्। यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन्।

यसैगरी यस निर्वाचनका अरु प्रतिश्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन्। त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन्। रुसको राष्ट्रपति पदका लागि यो जित एक किसीमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो। तर पनि यसपटकको मत भने उहाँको अस्वभाविक धेरै आएको छ।

अधिकारीहरु भन्छन्— सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गरेका थिए। तर यसपालि ७६.६७ प्रतिशतको हाराहारीमा छ। पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आएका छन्। पछिल्ला सर्वेक्षणहरुले उनलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन्।

राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उनले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन्।

जनताले मेरो कामको अनुमोदन गरे : राष्ट्रपति पुटिन

चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गरेका छन्। त्यस सम्बोधनमा उनले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताएका छन्।

उनले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताए। उनको भनाई थियो— मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा चीनको आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ।

यस जितपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको जानकारी दिए। उनले सबैका सहयोगले सुन्दर र प्रिय देश रुसलाई राम्रो बनाउने धारणा पनि राखे।

पत्रकारको प्रश्न— फेरि पनि उठ्ने कि ?
त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित पत्रकारहरुले उनलाई फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न भनी प्रश्न गरेका थिए। राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसो हाँसेको मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ।

यस प्रश्नलाई उनले एउटा ठूलो ठट्टा भनेर जवाफ दिएका थिए। उनले भने—यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुदैन। राष्ट्रपति पुटिनले त्यस्तो होइन भन्दै भने— केही वर्षयता हामीले देशमा गरेका विकासका काम, आर्थिक बृद्धि तथा अरु देशका लोकप्रिय कामका लागि मतदाताहरुले मलाई छानेका हुन्, यसबाहेक अरु केही होइन।

चिनियाँ राष्ट्रपति चिनफिङको बधाई
यसैबीच चिनियाँ राष्ट्रपति चिनफिङले रुसी राष्ट्रपतिमा पुटिन निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन्। उनी रुसी राष्ट्रपति पुटिनलाई बधाई दिने पहिलो विदेशी राष्ट्रप्रमुख बनेका छन्। पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपति चिनफिङले पुटिनलाई एक सन्देश पठाई बधाई दिएको समाचारमा जनाइएको छ। चिनियाँ समाचार समिति सिन्हका अनुसार उनले पठाएको बधाई सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रुसबीचको सम्बन्ध थप सुदृढ बन्ने उहाँले अपेक्षा गरेका छन्।

पुटिनको नेतृत्वमा उनको आगामी छ वर्षे कार्यकालमा रुस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति चिनफिङले बताएका छन्। उनले भने— यस समयमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचान गर्न पनि रुस सफल हुने अपेक्षा आफूले गरेको उनले सो सन्देशमा जनाएका छन्।

पुटिनको मत ७६.६७ प्रतिशत
रुसको राष्ट्रपतिमा पुनः निर्वाचित भएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गर्नुभएको छ। आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उहाँ अत्यधिक बहुमतका साथ पुनः निर्वाचित हुनुभएको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार यहाँको निर्वाचनको मतमध्ये ९९.८ प्रतिशत गणना गरिसक्दा पुटिनले मात्र ७६.६७ प्रतिशत मत हात पारेका हुन्।

यो उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो  उनका प्रतिद्वन्द्वीले १२ प्रतिशतमात्र मत प्राप्त गरेका छन्। आइतबार सम्पन्न मतदानमा ६७ प्रतिशत मत खसेको थियो। यस मतसंख्यालाई पनि कममात्र मत खसेको भनी टिप्पणी गरिएको छ।

उता विपक्षीहरुले भने उनको यो मत प्रतिशतलाई अस्वाभाविक भनी टिप्पणी गरेका छन्। उनीहरुले यस मतप्रतिशतलाई राष्ट्रपतिले स्वच्छ निर्वाचनका माध्यमबाट प्राप्त नगरेको बताएका छन्।

पुटिनले रुसलाई करिब दुई दशकदेखि नेतृत्व प्रदानगर्दै आाएका छन्। यो उनको चौथो कार्यकाल हो। उनले रुसलाई आगामी छ वर्ष नेतृत्व प्रदान गर्ने छन्। रासस-सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ