arrow

नौ महिनापछि न्याय पाए कोइरालाले

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
kedar-koirala.jpg

काठमाडौं।  पत्रकार केदार कोइराला आइतवार भद्र बन्दी गृहमा भन्दै थिए, ' खाएको बीष लाग्ने हो नखाएको कसरी लागोस '। 

उनै केदार कोइरालालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिदै ससम्मान रिहा गर्न आदेश दियो। अदालतको आदेश लगत्तै कोइराला परिवारका अग्रजहरुलाई भेट्न हतारोमा थिए। नौ महिनासम्म बन्द भएको मोवाइल अझै खुलेको छैन। सामान्य दैनिकीमा फर्कन कोइरालालाई अझै केहि दिन लाग्छ। 

आइतवार हाम्राकुराका प्रतिनिधीसँग कुरा गर्दै उनले भनेका थिए, ' मैले पाप गरेको थिइन। तर मलाई किन जेल भित्र राख्ने षडयन्त्र अन्तर्गत यो पाप गरियो बुझ्न सकेको छैन?'

खाएको विष पो लाग्छ नखाएको बिष त नलाग्नु पर्ने तर किन उनको सोध्ने ठूलो प्रश्न थियो। तर एउटा विश्वास र भरोसा न्यायालयमाथि थियो। न्यायालयले यो षडयन्त्रलाई चिर्ला उनले विश्वास व्यक्त गरेका थिए। 

घरमै सानैदेखि पालेकी एक वालिका किशोरी उमेरमा पुग्दा आफै माथि षडयन्त्रको गोटी बन्न सक्लिन भन्ने उनले कल्पना गरेका थिएनन। आफ्नै छोरीकी उमेरकी अनि छोरीलाई सरह अग्रेंजी विद्यालयमा राखेर पढाउँदै गरेकी त्यहि किशोरी आफू माथि अपगालको भारी बोकाएर आफैलाई जेल पठाउन हतियार बन्छे भन्ने कसरी पत्याउँ उनले गुनासो गरेका थिए। आत्मग्लानी त जेल परेकोमा नभइ कसरी लामो समयसम्म सर्पलाई दुध पिलाएर घरमै राखेको रहेछु भन्नेमा छ कोइरालाले सुनाएका थिए। 

षडयन्त्र थियो। उच्च तहकैहरु लागेका थिए। नत्र छोरी सरहकी उसले आफ्नो दाइसँग मिलेर कसरी केहि पाउने लोभमा म माथि षडयन्त्र गर्न सक्थि ररु अझै पनि त्यसँसग दया लाग्छ कोइरालाले सुनाएका थिए। अध्यात्मतिर रुची बढाउँदै गएका ५० नाघेका कोइरालाले सुनाए, ' मेरो कसैसँग गुनासो छैन। देखेको हैन लेखेको पाइन्छ भन्थे सायद यहि होला। '

जवर्जस्ती करणीमा आफ्नै घरमा सहयोगीका रुपमा काम गर्दै आएकी किशोरीले उजुरी गरेपछि ९ महिना अघी पत्रकार कोइराला अनुसन्धानका क्रममा पूर्पक्षका लागि थुनामा गएका थिए। भद्र बन्दीगृहमा वन्दी जीवन विताइरहेका उनलाई शुरु शुरुमा आफ्नै छोरीको उमेरकी त्यो ' नादान ' सँग रिस पनि उठेको थियो रे। तर अहिले उसलाई मैले माफ गरे उनले सुनाएका थिए। 

किशोरीको गर्भ रहेको र त्यो गर्भ कोइरालाको नै हो भनेर प्रमाणित गर्न लागिपरेको सिविन पनि त्यसमा सफल हुन सकेन। गर्भमा रहेको वच्चाको डिएनए टेस्टबाट कोइरालाकै बच्चा भनेर प्रमाणित भएन। डिएनए टेस्टबाट कोइरालाको बच्चा होइन भन्ने अदालतको आदेशले बरु त्यो गर्भ अरुकै हो भन्ने प्रशस्तै आधार दियो। तर अदालत पुगेको विषयको निरुपण हुँदा नौ महिना लाग्यो।

नौ महिनाको यो बीचमा मानसिक रुपमा तनाव व्यहोरेका कोइरालाले आफूले भन्दा वढी परिवारले तनाव व्यहोरेको बताउँछन्। दुई दिन अघी मात्र छोरी भेट्न आएको प्रसङग उठाउँदै उनले भनेका थिए, ' आफ्नो बाबालाई जेलमा यसरी भेट्न आउँदा उसलाई पनि कस्तो हुँदो हो?'

शिवजीको भक्त केदारले सोमबार नै काठमाडौं जिल्ला अदालतका न्यायाधिशस तेजनारायण पौडेलको इजलासबाट सफाइ पाए। सफाइ लगत्तै तत्काल रिहा भएका कोइरालालाई लागेको अपगालको ठूलो भारी पनि हटेको छ उनलाई चिन्ने जान्नेहरु बताउँछन्। ढीलो भए पनि सत्य डग्दैन झुटो टिक्दैन भन्ने कुरा न्यायालयको फैसलाले देखाएको छ उनका एक आफन्तले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ