arrow

दुप्चेश्वर कप राष्ट्रिय भलिवलको उपाधि र नगद १ लाख पुरस्कार स्याङ्जालाई

logo
शिव देवकोटा।
प्रकाशित २०७४ चैत ५ सोमबार
dupcheshwor-volleyball-winner-shyanja.jpg

नुवाकोट। दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको नुवाकोटकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । प्रतियोगिता अन्तर्गत सोमवार भएको फाईनल खेलमा प्रतिस्पर्धी कालिका युवा कल्व राउतवेसीलाई पराजित गर्दे स्याङ्जाको नेपाल तरुण दलको टीमले उपाधि सहित एकलाख रुपैया पुरस्कार समेत हात पार्यो‍ ।

राउतवेसी स्थित कौकेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको अत्यन्त प्रतिस्पर्धात्मक फाईनल खेलमा कालिका युवा कल्वलाई २१– २५, २५–२१, २१–२५ र १७ –१५ को सेटमा पराजित गर्दे स्याङ्जाले उपाधि जितेको हो । प्रतियोगितामा स्याङ्जाकै सन्दिप खड्का, लिलबहादुर गुरुङ र राजेन्द्र शर्मा क्रमश उदीयमान खेलाडी, उत्कृष्ट स्पाईकर र उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यसैगरी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने कालिका युवा कल्वले ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्यो‍ भने कालिकाका विजय बस्नेत (प्रतिभा), उत्सव खड्का, राजन थापा र सुरज चौधरी क्रमश उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट व्लकर बन्न सफल भए । 

नुवाकोटका सात र नुवाकोट बाहिरका सात गरी कूल १४ टीमको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत सोमवार नै भएको खेलमा प्रतिस्पर्धी रुकुम जिल्लालाई २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गरेर तेस्रो स्थान प्राप्त गरेको पंचकन्या गाउँपालिकाको टीमले नगद ३० हजार रुपैया प्राप्त गर्दा सोहि टीमका कृष्ण राना उत्कृष्ट सर्भर घोषित भए ।  

प्रतियोगितामा विजयी टिमहरु र विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी , दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, कार्यक्रम संयोजक ध्रुवकर केसी, काँग्रेस जिल्ला सदस्य नरेश तामाङ लगायतले शिल्ड, मेडल र नगद पुरस्कार प्रदान गरेका थिए । 

कार्यक्रममा काँग्रेस सभापति केसी, गाउँपालिका अध्यक्ष तामाङ, कार्यक्रम संयोजक केसी र पत्रकार शिव देवकोटाले दुरदराजमा रहेका खेल प्रतिभाहरुलाई प्रष्फुटन गराउन प्रतियोगिता सार्थक सावित हुने वताउँदै खेल क्षेत्रको समग्र बिकासले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ