arrow

न बोल्न सक्छन न हातले लेख्न सक्छन, उत्साह हेर्नुस यमको खुट्टाले लेखेरै परीक्षा दिदैछन

खुुट्टाले चलाउँछन मोवाइलमा सोसल मिडिया

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत ५ सोमबार
yam-disable-palpa.jpg

पाल्पा । आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षामा रामपुर १ का एक बिद्यार्थीले खुट्टुाले लेखेर परीक्षा दिएका छन् । रामपुर नगरपालिका १ बर्दाकोटका फरक क्षमता भएका यम खाम्चा आधारभत तहको अन्तिम परीक्षामा सहभागी भएका हुुन् । उनी बोल्न सक्दैनन् भने हातले कलम समेत समात्न सक्दैनन्।

सिधा बस्न नसक्ने, हात खुुट्टा लुुलो अनि जिउ धान्न नसक्ने भएर ओछ्यानमा ८ बर्ष बिताएका उनले १२ बर्षको उमेरमा घर नजिकको बालज्योति प्राबिमा कक्षा १ मा भर्ना भएका थिए । हात खुुट्टाले भर नपाउने उनले पढ्ने रहर पुरा गर्न खुुट्टाले लेख्न सिके । उनी अहिले पनि खुुट्टा लतारेर ( घिसारेर) नै हिड्छन् ।

पढ्नमा अब्बल खाम्चा कक्षा ५ पास भएपछि सहलकोटको बालहित माबिमा पढ्न थाले । खुट्टाले भर नपाउने विविध समस्याका विच खुट्टाको भरमा कक्षा ८ मा अध्ययन गर्दै आएका खाम्चाले अहिले निस्दी गाउँपालिका २ सहलकोटको सोही बालहित मा.वि. बाट परीक्षा दिईरहेका छन् ।

गत वर्षसम्म जिल्ला शिक्षा कार्यालयको मातहतमा संञ्चालन हुँदै आएको कक्षा ८ को आधारभूत तह परीक्षा अहिले पहिलो पटक स्थानिय तहले लिएको छ । निस्दी गाउँपालिकाले संञ्चालन गरिरहेको यस वर्षको पहिलो परीक्षामा उनी सहभागी भएका छन् । कक्षा आठका २२ जना साथीहरु संगै उनले पनि परीक्षा दिई रहेका छन् । 

साथीहरुले बेन्चमा बसेर परीक्षा दिईरहेका छन् भने विद्यालयले उनलाई छुट्टै बसाईको व्यवस्था गरेको छ । अन्य समयमा पनि कक्षाकोठाको अगाडी खाली ठाउँमा बसेर पढ्ने व्यबस्था बिद्यालयले गरेको थियो । बालहित माध्यमिक विद्यालयका प्रधानाध्यापक नवल सिंह विरकट्टाले खाम्चाको लागि यो परीक्षामा थप १ घण्टा समय प्रदान गरिएको बताए ।

खुट्टाकै भरमा कक्षा ५ सम्म गाउँकै बालज्योति प्राविमा अध्ययन गरेका यम घरबाट आधा घण्टा परको बालहित माविमा ६ कक्षामा भर्ना भएका हुुन् । आमा वा भाई बहिनीको सहारामा हिडेर उनी बिद्यालय पुग्छन् । विद्यालयका प्रधानाध्यापक नवल सिंह विरकट्टाले उनी विद्यालयको नियमित विद्यार्थी भएको बताउँदै विरामी हुँदा बाहेक अन्य समय नियमित विद्यालय उपस्थित हुने गरेको बताए । उनले आफ्ना समस्या तथा जिज्ञासाहरु नोटमा लेखेर दिने भएकाले पनि पढाउन सजिलो भएको बताए । 

खाम्चा सिकाईमा कक्षाका उत्कृष्ट बिद्यार्थी हुुन् । उनी गणितमा अगाडी छन् । विद्यालयले कुनै शुल्क नलिएर भुँई बसाईमा सोही कक्षामा सगोल अध्ययनको व्यवस्था गर्दै आएको बिरकट्टाले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयले विशेष छात्रवृति प्रदान गरेको छ । उनको दुवै हात चल्दैन, उनी बोल्न पनि सक्दैनन् खुट्टाले पनि राम्ररी भर पाउँदैनन् तर उनी सुन्न र देख्न मज्जाले सक्छन् । बौद्धिक क्षमता भने उनमा तिक्ष्ण छ । विद्यालयका शिक्षक खुम बहादुर रानाले उनले सबै विषयमा उत्तिकै दख्खल राख्ने गरेको बताए । साथै विद्यालयले आयोजना गर्ने चित्रकला, निबन्ध, कविता लेखनमा प्रथम, द्धितिय,तृतीयको कुनै न कुनै स्थानमा आउने बताए ।

२०५४ साल असोज २२ मा जन्मिएका उनी जन्मदा जण्डिसले च्यापेको थियो । उपचारका लागि डाक्टरसम्म पुुग्न पहुँच नहुुने र घरमै औषधी उपचार गरि केही ठिक भएको थियो । सो समयमा मुख बार्नुपर्छ भन्ने अगुवाको भनाई पछि खानपानमा कमी भएको र पौष्टिक आहारको कुरै नजान्दा छोराको यो अबस्था भएको आमा योगमायाँ खाम्चाले दुुखेसो मान्दै बताइन् । योगमायाँ र मान बहादुर खाम्चाका ३ छोरा र १ छोरी मध्ये माईला छोरा हुुने यम । आमामा पौष्टिक आहाराको कमी र केही नखाई मुख बार्न छिमेकीको सल्लाहले बालक कमजोर भएको अहिले आएर जाने उनले पछुुतो मान्दै भनिन् । ८ बर्षको उमेरमा यमले बिस्तारै ओछ्यान छाडे र हिडडुल गर्न थाले र १२ बर्षको उमेरमा स्कुल भर्ना भए । त्यसयता उनी फेल हुुनुपरेको छैन।

केही समय अघिसम्म छोराको अवस्थाले पिरले पनि अहिले छोराको प्रगतिले हौसला मिलेको बुुवा मान बहादुर खाम्चाले बताए । सञ्चारमाध्यमको सहयोगले उसको नागरिकता बनेको छ, अपाङ्गता परिचय पनि बन्यो बुवा मान बहादुरले भने । भारतमा मजदुरी गर्दै आएका मान बहादुर जसरी पनि छोरालाई राम्ररी पढाउँछु भन्ने सोचमा रहेको बताउँछन् । यो अबस्थामा पनि रात दिन पढ्छ उनले भने पढ्नै खोज्छ सक्दासम्म पढाउछुु ।  छोराले पढ्न, नयाँ ठाउँमा घुम्न मन खोज्छ खाम्चाले भने । नयाँ प्रविधिसंग खेल्न मन पराउने यमले खुट्टाले नै मोबाईल चलाउछन् । मोबाईलमा फोन उठाउन र फोन गर्न आमालाई उनैले सहयोग गर्छन् । अहिलेका मोडेलको मोबाईल चलाउन सक्छन्। पछिल्लो समय नयाँ जानकारी लिन सामाजिक सञ्जालमा पनि जोडिदै आएका छन् । उनले आफ्ना साथी भाई, दाजुभाई, बाबा संग एसएमएसबाटै कुरा गर्छन् ।

आमाले भात खुवाउनुुपर्छ त्यैपनि फुर्सद नभएको बेला आमाले मुछेर दिएको भात आफैले खुुट्टाले चम्चा समातेर खान्छन् । पछिल्लो समय झमक घिमिरेको जीवनी धेरै पटक पढेको र झमकको जीवनीबाट आफुलाई थप उर्जा मिलेको उनले लेखेर बताए । उनले आफुले पनि भविष्यमा समाज र देशको लागि केही गर्ने प्रण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ