arrow

पत्रकारको खुट्टा भाच्छु भन्ने ठेकेदारले मागे माफी, भने अब कसैलाई धम्क्याउँदिन

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
rajendra-bhandari.jpg

पर्वत। पत्रकारलाई ज्यान लिने धम्की दिएका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० का निर्माण ब्यवसायी राजेन्द्र भण्डारीले अव आइन्दा कहिल्यै पनि र कसैलाई पनि धम्की नदिने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा सोमबार भएको छलफलमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पर्वतका अध्यक्ष एवम् नागरिक दैनिकका पर्वतस्थित संबाददाता छविलाल तिवारीलाई ज्यान मार्ने धम्की दिने भण्डारीले धम्की दिने कार्यक आफ्नो जीवनकै ठुलो भुल भएको भन्दै माफी मागेका हुन । निर्माण ब्यवसायी भण्डारीले अव आइन्दा आफुले पुर्ण प्रेस स्वतन्त्रताको सधै सम्मान गर्ने पनि बताएका छन् ।

नेपाल निर्माण ब्यवसायी संघ पर्वतका पूर्व अध्यक्ष रामचन्द्र जोशीसँगै जिल्ला प्रहरी कार्यालय पर्वत गएका भण्डारीले भने–‘एक पटकलाई माफी दिनुस् अव म सच्चिन्छु ।’

तिवारीलाई खुट्टा भाचिदिने र ज्यान लिने धम्की दिएको प्रहरी र पत्रकारहरुसमक्ष स्वीकार्दै भण्डारीले अव कहिल्यैपनि यस्तो व्यवहार नगर्ने बताए । ‘अव म सधै पत्रकारिताको सम्मान गर्छु, कहिल्यै पनि समाचार लेखेकोको बिषयमा पत्रकारलाई धम्क्याउने छैन’ उनले भने ।

पोखराका ठेकदार राजेन्द्र भण्डारीले लामो समयदेखि ठेकका लिएर पनि पर्वत र कास्की जोड्ने भुरुङ्दी खोलामाथिको पुल निर्माण कार्य अगाडी बढाएका थिएनन् । निर्माणको ठेक्का लिएर पनि काम नगरेका भण्डारीको बिषयमा निर्माणाधिन पुल अलपत्र पारेको भन्दै समाचार प्रकाशन गरेको थियो ।

समाचारको बिषयमा सोधपुछकै क्रममा तपाईलाई कसले सुचना दियो भन्दै सुचना दिनेलाई काटीदिने धम्की दिएका भण्डारीले समाचार प्रकाशन भएपछि तिवारीलाई फोन गरेर मेरो समाचार किन प्रकाशन गरेको भन्दै पर्वत आएर ज्यान मार्ने धम्की दिएका थिए ।

गत बिहिबार ४ बजेर १६ मिनेट जादा ९८५१०१०४३३ नम्बरको मोबाइलबाट फोन गरेर पुल अलपत्र परेको समाचार किन लेखेको भन्दै पर्वत आएरै ज्यान लिने धम्की दिएका थिए। मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दी खोलामाथिको निर्माणाधिन पुल ठेक्का लिएर तीन बर्षदेखि उनी सम्पर्कमा आएका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ