arrow

के पुटिन शान्तिमार्गमा आएका हुन् ? ट्रम्पले किन दिएनन् बधाई ?

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
news-trump-badhai-putin.jpeg

काठमाडौं । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एकाएक बदलिएजस्ता देखिएका छन् । 

क्रुर मानसिकता त्यागेर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताएका छन् ।

शान्तिको मार्गमा आएको महसुस गराउने क्रममा  पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको समेत बताएका छन् ।

किन फेरिए ट्रम्प ? 
पुटिन राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न मुलुकले उनलाई बधाई दिएका छन् । बधाइका क्रममा सबै राष्ट्रले सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको बताएका छन् । 

चीनका राष्ट्रपति सी चिनफिङले त अझ बढी प्रशंसा गर्दै चीन र रुसको सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताएका छन् ।

तर अमेरिकाले भने वास्ता गरेको छैन । ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फोन मार्फत बधाई दिने कुनै तालिका नरहेको जनाएको छ ।

ट्रम्प पुटिनकै बलमा राष्ट्रपति बनेको आरोप लागे पनि ट्रम्पले साँच्चिकै बधाई नदिएका हुन् वा बधाईको विषयलाई बाहिर ल्याउन नखोजिएको हो अन्तर्राष्ट्रिय मिडियाहरुले यसै भन्न सक्ने अवस्था नरहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ