arrow

सम्बन्ध विच्छेदलाई अवैध मान्ने मुलुक अब एउटा मात्रै बाँकी ? 

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
philipinse.JPG

एजेन्सी । विश्वभरका २ वटा मुलुकमा पारपाचुके गर्न अवैध छ, फिलिपिन्स र भ्याटिकन सिटीमा । फिलिपिन्समा सम्बन्ध विच्छेदको कानुन नहुँदा महिला बढी प्रताडित हुने गरेको अधिकारकर्मीको जिकर छ।

अब भने फिलिपिन्समा पनि सम्बन्ध विच्छेद गर्न पाउने कानुन बन्ने तरखरमा छ । फिलिपन्सिको प्रतिनिधि सभा लोअर आउस अफ कंग्रेसले, सम्बन्ध विच्छेद सम्बन्धी विधेयक पारित गरेको छ । राष्ट्रपति रोद्रिगो दुतेर्तेको असहमतिका बाबजुद प्रतिनिधि सभाले यो विधेयक पारित गरेको हो । राष्ट्रपति दुतेर्ते आफैंले आफ्नो पहिलो विवाह कानूनी रुपमै रद्द गरेका थिए । उनले दुुईटी बिहे गरेका हुन् । सम्बन्ध विच्छेदको विवाह सम्बन्धी विधेयकको पक्षमा १ सय ३४ र विपक्षमा ५७ मत परेको थियो, २ जना भोटिङमा गएनन् । 

प्रतिनिधि सभाबाट पारित सम्बन्ध विच्छेद सम्पन्धी विधेयक सिनेटबाट पारित गर्न भने बाँकी छ । सिनेटमा दुतेर्तेले भिटो प्रयोग गरेर पनि तत्लो सदनको निर्णय उल्ट्याइदिन सक्छन् । 

कंग्रेस सदस्य एम्मी डे जेजसले, अपमानजनक रुपमा सम्बन्धमा फसिरहेका महिलालाई बाहिर निकाल्न यो विधेयक ल्याइएको बताएकी छन् । अब महिलालाई अपुरणीय बिवाहबाट मुक्त गर्न सरकारले निकास दिनुपर्ने उनको जिकिर छ । 

फिलिपिनोहरुले विवाहबाट मुक्ति पाउन के गर्दै आएका छन् ? 
अहिलेसम्म फिलिपिन्समा काुननी रुपमा सम्बन्ध विच्छेद गर्ने एउटै उपाय भनेको विहे रद्द गराउनु हो । विहे रद्द गर्न चाहने जोडीमध्ये एकले, देवयानी मुद्दा चलाउनुपर्छ, उनीहरुले मानसिक परीक्षण गराउनुपर्छ र अदालते प्रमाणित गर्नु पर्छ ।

त्यति भएमा मात्रै न्यायाधिशले विवाह रद्द भएको घोषणा गर्न सक्छन् । यस्तो प्रावधान सहित सम्बन्ध विच्छेद गर्दा मुद्दाको छिनोफानो हुनै १० वर्षसम्म लाग्ने भएकोले ज्यादै महंगो पर्छ। दुतेर्तेले आफु राष्ट्रपति बन्नुुअघि यस्तै आधारमा पहिलो विहे रद्द गराएका थिए । दुतेर्तेका प्रवक्ता ह्यारी रोकीले, सम्बन्ध विच्छेद सहज बन्दा छुट्टिने जोडीका सन्तालने दुःख पाउलन भन्ने राष्ट्रपतिको चिन्ता हो, भनेका छन् ।  

यदि विधेयक पारित भएमा के हुन्छ ? 
विधेयक पारित भएमा, दुर्भाग्यबस सम्बन्ध टुट्ने स्थिति देखिन आएमा अदालतले विहे रद्द भएको निर्णय दिनेछ र सम्बन्ध विच्छेद गरेकाले विपरित लिंगीसँग अर्को विहे गर्न छुट पाउनेछन् । साथै अदालतले नाकाबालकको चाहना अनुसार बाबु वा आमा कोसँग बस्न चाहनेछन् भन्ने निर्णय समेत दिन पाउनेछ । तर मुनासिब कारण नदेखिएसम्म ७ वर्षभन्दा कम उमेरका बालबालिकालाई आमाबाट छुटाइने छैन । 

यो विधेयकका पक्षधर विपक्षी नेता एडसेल ल्यागमनले, त्यस्तो विहे जुन लामो समयदेखि नै मरे सरहको छ, त्यस्लाई संरक्षण गर्नु वा नष्ट गर्नुको अब कुनै अर्थ छैन र विहेको संरक्षण गर्नका लागि राज्यलाई यो विधेयकले कुनै बाधा पर्नेछैन, भनेका छन् । फिलिपिन्सका सांसदहरुले १९९९ देखि नै सम्बन्ध विच्छेद सम्बन्धी विधेयक पटक–पटक अगाडी बढाउँदै आएका हुन् तर, अहिलेसम्म संसदीय समितिबाटै फेल हुँदै आएका थिए । फिलिपिन्सका ८० प्रतिशत नागरिक क्याथोलिक छन्, त्यहाँ चर्चको समेत ठूलो प्रभाव छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ