arrow

विकासोन्मुख राष्ट्रमा स्तरोन्नति नहुने नेपालको प्रस्ताव स्वीकार्यो राष्ट्रसंघले 

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
united-nations.jpg

काठमाडौं । अतिकम विकसित राष्ट्रबाट तत्काल विकासोन्मुखमा स्तरोन्नति नहुने नेपालको प्रस्तावलाई राष्ट्रसंघले स्वीकार गरेको छ । 

राष्ट्रसंघले योजना आयोगलाई चिठी पठाएर प्रस्ताव स्वीकार गरेको जानकारी दिएको हो । स्वीकार गरेको चिठी योजना आयोगले पाएको सचिव विष्णुप्रसाद  लम्सालले बताए । 

‘राष्ट्रसंघले सन् २०२१ मा गर्ने मूल्याङ्कनमा स्तरोन्नति नहुने नेपालको प्रस्तावलाई स्वीकार गरी पत्राचार गरेको छ’, उनले भने  ‘त्यसपछि हाम्रो अवस्था हेरेर स्तरोन्नतिको प्रक्रिया अघि बढ्नेछ ।’ 

सर्वसाधारणको आयस्तरमा सुधार आइनसकेको र वैदेशिक सहायता एवं व्यापारमा समेत असर पर्ने भन्दै सरकारले अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति नहुने अडान संयुक्त राष्ट्रसंघसमक्ष राखेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ