arrow

बिप्लव समूहका केन्द्रिय नेता सहित आधा दर्जन बढी पक्राउ

पूर्वमा बिप्लवको अभियान तिव्र

logo
विजय राई,
प्रकाशित २०७४ चैत ६ मंगलबार
biplab-maobadi.jpeg

धनकुटा। स्थानीय तह खाली गर्ने उद्धीजारी गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी पहाडी जिल्लामा आफ्नो अभियानलाई तिव्र बनाउदै गर्दा केन्द्रिय सदस्य तथा मध्य कोशी व्यूरो इन्चार्ज किरण राईसहित ८ जनालाई  गए राति प्रहरीले धनकुटाको हिले बजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा ईन्चार्ज समुल लगायत रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अहिलेको राज्य ब्यवस्था काम नलाग्ने भन्दै स्थानीय तह खाली गर्नका लागि पाख्रीवास नगरपालिका र सहीदभूमी गाउँपालिकामा उक्त नेकपाले पत्र पठाएको थियो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह खाली गर्न भन्दै नगरपालिका र गाउँपालिकामा पत्र पठाएको र चन्दा आतंक मच्चाएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वताए ।

   सोहि बिषयमा बैठक बसिरहेका वेला हिलेको होटल हिले भ्यूबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतमले बताएका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।उता विनाकारण आफ्ना नेता–कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले आपत्ति जनाउँदै बिनाशर्त रिहाईको माग गरेका छन् ।

यसैविच पूर्व नेपालको धनकुटा तेह्थुम,संखुवासभा,भोजपुरमा अहिले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गतिविलाई तिव्र बनाउदै लगेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ