arrow

यमनविरुद्ध भिड्ने फुटबल टोली तयार, को–को परे ?

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
Coach-in-training--nepali-team-news.jpeg

काठमाडौं । एएफसी एसियन कप २०१९ छनोट अन्तर्गत यमनविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका  मुख्य प्रशिक्षक ग्यातुको कोजीले २० सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा सबै खेलाडी राष्ट्रिय टोलीबाट फुलबल खेलिसकेकैहरु छन् । यमनसँग नेपालको भेट चैत १३ गते हुँदैछ । खेल कतारको दोहास्थित बिन हम्माम रंगशालामा हुनेछ । समूह ‘एफ’मा परेको नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको छ । यमन विरुद्धको खेल औपचारिक मात्रै ठहरिनेछ ।

सुरुवाती ५ मध्ये ३ खेल हारेको नेपालले २ खेल बराबरी गरेको छ । ५ मध्ये एउटा पनि खेल जित्न नसकेको नेपाल यमनसँगको भेटअघिनै बाहिरिएको हो । जसकारण यो खेल औपचारिक हुनेछ ।

पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले हारेको नेपाल दोस्रो खेलमा यमनसँग गोलरहित बराबरीमा रोकियो । तेस्रो खेलमा ताजकिस्तानसँग २–१ ले हारेको नेपाल चौथो खेलमा पनि ताजकिस्तानसँगै ३–० ले हार्न पुग्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पाँचौ खेलमा नेपालले फिलिपिन्सँग गोलरहित बराबरी खेलेको थियो । घरेलु मैदानमा समेत नेपालले खेल सुधार गर्न सकेन । गएको  कात्तिक २८ मा भएको यो खेलपछि नेपाल पहिलो पटक मैदान उत्रँदै छ ।

यस्तो छ टोली
गोल रक्षक
किरण चेमजोङ
विशेक कुथु
एलन न्यौपाने

रक्षक
विराज महर्जन
रजिन धिमाल
देवेन्द्र तामाङ
आदित्य चौधरी
अनन्त तामाङ
दिनेश राजवंशी

मध्यपंक्ति
विशाल राई
रोहित चन्द
हेमन गुरुङ
हेमन्त थापामर
सुजल श्रेष्ठ
सुनिल बल
अन्जन विष्ट
सुमन लामा

अग्रपंक्ति
विमल घर्तीमगर
नवयुग श्रेष्ठ
जर्जप्रिन्स कार्की

मुख्य प्रशिक्षक
ग्योतोकु कोजी

प्रशिक्षक
राजुकाजी शाक्य

गोल रक्षक प्रशिक्षक
उज्ज्वल मानन्धर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ