arrow

मलाला पढ्ने विद्यालयमै आक्रमण गर्ने आतङ्कवादी चेतावनी

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
malala-FNL.jpg.jpeg
एजेन्सी । संयुक्त अधिराज्य (बेलायत)मा सञ्चालनमा रहेका विभिन्न आठ विद्यालयमा बम आक्रमणको चेतावनी आएको छ । बम आक्रमणको चेतावनी आएका आठ विद्यालयमध्ये एउटा पाकिस्तानी अधिकारकर्मी तथा विश्व प्रसिद्ध नोबेल पुरस्कार विजेता मलाला युसुफजईले छात्राका लागि मात्र चलाएको एडवास्टन माध्यमिक विद्यालय पनि परेको बताइएको छ । 
 
यस सम्बन्धमा सम्बन्धित विद्यालयले सरकारी अधिकारीलाई तत्कालै समिति बनाई यसबारे छानबिन तथा सुरक्षाका लागि अनुरोध गरेका छन् । इङ्ग्ल्यान्डको वर्मिङघमस्थित ६ वटा विद्यालय र स्कटल्यान्डको ग्ल्यास्गोस्थित दुई विद्यालयमा उक्त चेतावनी आएको थियो । 
 
सुरक्षाकर्मीले यी विद्यालयमा आवश्यक सुरक्षा कडाइका साथै विद्यालय परिसरमा विष्फोटक पदार्थ भए नभएकोबारे अनुसन्धान अघि बढाइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ