arrow

सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ चैत ६ मंगलबार
sunaulo.jpg

रुकुम ।  गर्भवति तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कुखुरा वितरण गरिएको छ । कुखुरापालन ब्यवसायबाट आयआर्जन बृद्धिगरी सुनौलो हजार दिनका आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्धेश्यले सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट (साविकको रुकुमकोट गाविस) मा कुखुरा वितरण गरिएको हो ।

जिल्लामा रहेको रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा रुकुमकोटका २०५ जना आमाहरुलाई कुखुरा वितरण गरिएको सुआहारा कार्यक्रमका पोषण कार्यक्रम अधिकृत लोकमणी गिरीले जानकारी दिए । प्रत्येकलाई ५-५ वटाका दरले एक हजार २५ वटा उन्नत जातका कुखुराका वितरण गरिएको उनले बताए ।

ग्रामीण क्षेगका महिलालाई गर्भ रहेको र सुत्केरी भएको अवस्थामा पोषिलो खानेकुरा खुवाउन समस्या भएकाले उनीहरूलाई लक्षित गरी कुखुरा वितरण गरिएको गिरीको भनाई छ । कुखुरा वितरण संगै पोषणयुक्त तरकारी खुवाउन करेसाबारीमा तरकारी खेती गर्न बीउ समेत बितरण गरेको छ ।

गर्भ रहेको अवस्थादेखि सुत्केरी भएको एक वर्षसम्मको अवधिलाई लक्षित गरी उन्नत जातका कुखुरा वितरण गरिएको बताएको छ । गर्भवती र सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा नपाएका कारण आमा र बच्चाको कुपोषित हुने गरेकाले कुखुरा वितरण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिए ।
 
कुखुराको मासु खानेभन्दा पनि त्यसले दिएको अण्डा गर्भवती र सुत्केरीलाई खुवाउनको लागि आवश्यक तालिम पनि दिएको थियो । कुखुराको अन्डा कसरी र कुन तरिकाले खाने, गर्भवती र सुत्केरी अवस्थामा आमाले आफ्नो पोषणयुक्त खानेकुरा खानका लागि ध्यान दिनुपर्ने बिषयमा यो भन्दा पहिले विभिन्न समयमा तालिम दिएको थियो । खुकुराकोसँगै सबैलाई यस भन्दा पहिले खोर व्यवस्थापनको लागि तालिम र आवश्यक अन्य सहयोग समेत गरेको पोषण अधिकृत गिरीले बताए  ।

कुखुरा वितरण कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका सविच केशन कुमार क्षेत्रीयाल, सुआहारा रुकुमका पोषण अधिकृत लोकमणी गिरी लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ