arrow

कस्ता पुटिन कस्ता भए : संयोगले राष्ट्रपति बनेका मान्छे अहिले रसियाका रक्षक 

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
putin.JPG

काठमाडौं । सन् २००० मा हिलोपल्ट राष्ट्रपति बन्दा पुटिन ४७ वर्षका थिए । खैरो खालको स्वेटर लगाएका थिए, अनुहार ख्याउटे थियो, तर गम्भीर देखिन्थे । मार्च २००० मा उनले पहिलो पल्ट चुनाव जित्नासाथ उनी चुनाव अभियानको मुख्यालय पुगेका थिए ।

पत्रकारका सबै प्रश्नको जवाफ दिन तयार थिए । त्यो बेला चुनाव हुुन तीन महिनाअघि मात्रै राष्टपति बोरिस एल्तसिनले नयाँ वर्षको पूर्वसन्ध्यामै राजिनामा ठोेकेर संघीय सुरक्षा सेवाका पूर्व प्रमुख र केजीबीका अनुभवी पुटिनलाई निमित्त राष्टपति तोक्दै सारा दुनियाँलाई समेत तीन छक् पारेका थिए । 

त्यो बेला पुटिनले भनेका थिए,  “मैले चुनवामा भाग लिउँला भनेर कहिल्यै सोचेको पनि थिइन, उनले मन खोलेरै भने – केही बाचा पुरा गर्न कठिन छन् भन्ने थाहा छ, तर पनि आफ्नाे बाचाबाट दायाँ–बायाँ हुुनु विलकुलै अनैतिक हुनेछ’’। 

पुटिनको यो अभिव्यक्ति शास्त्रीय रटान जस्तो थियो र रसियालाई गरिबीबाट बाहिर ल्याउने एकल चाहना जस्तो देखिन्थ्यो । “जनता थाकिसकेका छन्’’, उनले खुला रुपमै भने, “सबै चीज उनीहरुकै लागि हो, उनीहरुले म बाट राम्रो नतीजा अपेक्षा गरेका छन्, तर निश्चित रुपमा जादुको छडी जस्तो हुन भने सक्तैन’’ ।  

उनले चुनाव जितेको करीब एक दशकमा रसियालीले केही राम्रो जीवन जिउन पाए । आर्थिक सुधार र तेलको आकासिँदो मुल्यले रसियाको भलो गर्यो । भ्लादिमिर पुटिन शक्तिमा आउनु पछाडीको अर्को कारण पनि थियो । रसिया चेचेन विद्रोही विरुद्धको लडाइँमा थियो ।

सन् २००० को चुनाव आउन एक हप्ता पनि कम समय बाँकी थियो, पुटिन एसयू २७ लडाकु जेटको ककपिटमा बसे र चेचेन राजधानी ग्रोज्नीका लागि उडे । त्यहाँ उनले आफ्ना सशस्त्र फौजका सदस्यसँग, विद्रोही सखाप पार्ने हूँकार दाबे । यी कठोर मान्छेको व्यक्तित्वले साँच्चै काम गर्यो । राष्ट्रपतीय कालमा उनको यो भूमिका थप सशक्त बन्यो । 

गएको आइतबार, उनी पहिलोपल्ट राष्ट्रपति बनेको १८ वर्षपछि फेरी अर्को उएटा चिसो चुनावको रात आयो । ६५ वर्षे पुटिन मस्कोको विजयोत्सव सभामा उत्रिए । अनुहारमा आभा छ, आँखाको कुनामा चाउरीपन देखिएको छ, भीड अगाडी खेलाडीको शैलीमा उभिएर पुटिनले आफुलाई चौथोपटक जिताएकोमा जनतालाई धन्यवाद दिए ।

उनले भने,  “ज्यादै कठीन अवस्थामा पनि हामीले गएका वर्षमा जे काम गर्यौं त्यसको अनुमोदन स्वरुप जनताले भोट दिएका हुन् । अब हामीले हाम्रो महान मातृभूमीको बारेमा सोच्ने बेला आएको छ, हाम्रा बालबच्चाको भविष्यबारे सोच्ने समय आएको छ, हामी सफलताको यात्रामा छौं’’। 

यतिबेला  आएर पुटिनले आफ्ना रसियाली सहयात्रीलाई उनीहरु आर्थिक रुपमा सम्पन्न जीवन जिउन पाउँछन् भनेर वाचा गर्न सक्तैनन्, कारणः पश्चिमा नाकाबन्दी र इन्धनको गिर्दो मूल्यले त्यही देखाउँछ । त्यसको साटो पुटिनले आफ्ना सहयात्रीलाई एकखालको राष्टिय टोलीमा आबद्ध हुन र विजयी यात्राको बाधा पन्छाउन एक हुन आह्वान गर्दैछन्। 
मार्चको १९ औं स्टेट अफ दि नेशन सम्बोधनका क्रममा पुटिनले भने ‘‘मुख्य चुनौती र हाम्रो मुख्य शत्रु भनेको हामी पछाडी पर्दैछौं भन्ने तथ्य नै हो, उनले थपे हामीले हाम्रो गन्तव्यप्रति अब अपनत्व लिनै पर्छ’’  । 

राष्ट्रपति पुटिनले पछौटेपनबाट मुक्त हुँदै कसरी गन्तव्य तय गर्ने र त्यो के हो भन्ने बारेमा केही विशिष्ट कुरा भन्न सकेका छैनन् । उनीसँग आर्थिक कार्यक्रमको विस्तृत विवरण देखिँदैन भने, रसियाको संबिधान अनुसार, उनको यो अन्तिम कार्यकाल पनि हुनुपर्छ । 
पुटिनका समर्थकको भनाइमा आर्थिकस्थिति उनले भनेजस्तो खालको होइन । उनको भूमिका अब राष्ट्रकै अभिभावक बन्नु हो । चचेन्या पहिल्यै सद्धियो । अबको शत्रु भनेको अमेरिका, बेलायत र समग्र युरोप हो । 

रसिया आणविक रुपमा सम्पन्न पनि छ । सिरियामा मस्कोले गरेको शैन्य हस्तक्षेपले उसको शक्ति मापन पनि भएको छ । पश्चिमाहरु रसोफोबियाबाट त्रसित समेत भएका छन् । बेलायतमा पूर्व गुप्तचर सेर्गेइ स्कृपललाई विष खुवाएको विषयले पुटिनलाई चुनावमा फाइदा नै पुर्याएको देखिन्छ ।

रसियाली निर्वाचन आयोगका प्रमुख एल्ला पाम्फिलोभाले, “हाम्रा जनता दुखको बेला एक हुन्छन्, पश्चिमा मुलुकका नेता जसले हाम्रा जनतालाई एक हुन योगदान गरे उनीहरुलाई धन्यवाद“ भनेको तास न्यूज एजेन्सीले लेखेकै छ । सन् २०१८ मा पुटिनको रसियालाई एउटा बाहिरी शत्रु चाहिएकै छ र अहिलेका लागि नव निर्वाचित राष्ट्रपतिका कम्तिमा एक शत्रु त छँदैछन् । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ