arrow

ट्रम्पसँग असुरक्षित सम्पर्क गरेको हो ? स्टोर्मी डेनियल्स : हो, पक्का हो 

logo
प्रकाशित २०७४ चैत ७ बुधबार

एजेन्सी । पोर्न स्टार स्टोर्मी डेनियल्सले झुठ बोलेको पत्ता लगाउने मेसिन मार्फत दिएको बयान हो, यो । उनको यो बयान यतिबेला केही संचार माध्यमको खुराक बनेका छन् । यो परीक्षण २०११ मा गरिएको थियो । यतिबेला मात्रै सार्वजनिक भयो ।

तत्कालिन अर्बपति व्यापारी, यतिबेलाका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले, आफुले यौनकर्मी स्टोर्मीसँग कहिल्यै शारीरिक सम्बन्ध नराखेको जिकिर गरिरहँदा, उनको पोलिग्राफ परीक्षण सार्वजनिक भएको हो । उनको असली नाम स्टोफाइन क्लिफोर्ड हो । डेनियल्सका वकिल माइकल अवेनाट्टीले उपलब्ध गराएको पोलिग्राप टेष्टमा, परीक्षणकर्ता रोन स्ले ले रिपोर्ट लेखेका छन् “पोलिग्राफ परीक्षणमा क्लिफोर्डले आफुलाई विश्वस्त रुपमा प्रस्तुत गरेकी छन्, झुट बोल्ने इरादा देखिएको छैन'' । 

सो परीक्षणमा डेनियल्सलाई ३ वटा प्रश्न सोधिएको थियो । 
पहिलो : २००६ जुलाई ताका तिमी र डोनाल्ड ट्रम्पवीच यौन सम्बन्ध भएको थियो ? 
दोश्रो : २००६ जुलाई ताका, तिमीले डोनल्ड ट्रम्पसँग असुरक्षित यौन सम्पर्क गरेको हो ? 
तेश्रो : के डोनाल्ड ट्रम्पले तिमीलाई दि एपेन्ट्रिसमा सहभागी गराउँछु भनेका थिए ? 
(डोनाल्ड ट्रम्प त्यो बेला, टिभी शोः दि एपेन्ट्रिस कार्यक्रम चलाउँथे) 
यी सबै प्रश्नको जवाफमा डेनियल्सले हो, भनेर जावफ दिएकी छन् । पोलिग्राफ रिपोर्टमा, यो परीक्षणमा उनले झुठ बोलेको हुनसक्ने संभावना १ प्रतिशत भन्दापनि कम छ । डेनियस्लका वकिल अवेनाट्टीले, यो परीक्षणका लागि भिखियो खिच्न र परीक्षणको नतीजाका लागि २० हजार पाउण्ड खर्च गरेको दाबी पनि गरेका छन् । 

पछिल्लो समय राष्ट्रपति ट्रम्पसँग कानुनी लडाइँ लड्दी आएकी डेनियल्सले ट्वीट समेत गरेकी छन् ।

पोर्न स्टार डेनियल्सले आफुहरुहरुको अन्तरंग सम्बन्ध नखोल्न र आफ्नो बोली बन्द गराउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको तर त्यसमा ट्रम्पको हस्ताक्षर नभएको भन्दै यही मार्च ६ मा ट्रम्पविरुद्ध मुद्दा हालेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ