arrow

महिनाको हजारमै ल्यायो वर्ल्डलिंकले २० एमबिपिएस इन्टरनेट र आइपि टिभी

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
Worldlink_Communications.png

काठमाडौं । वर्ल्डलिंकले नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बीस तीस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । अफरमा वर्ल्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउनेछन् ।

अफरमा वर्ल्डलिंकका ग्राहकहरुले बीस, तीस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउने छन् । यसका साथै एक वर्षसम्म निशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरुले पनि पाउन सक्नुहुनेछ ।

वर्डलिंकले इन्टरनेट, आइपि टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् । यसका मुलुकभर ४० भन्दा बढी शाखा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ