arrow

कांग्रेस बैठकको मूल एजेण्डा के हो ? के भन्छन् विश्वप्रकाश ?

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
NC-party-office.png

काठमाडौँ । काँग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको समग्र चुनावी समीक्षा गर्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार विहान ११ बजे बोलाइएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हाम्राकुरालाई भने, ‘निर्वाचनको समग्र समीक्षा हुन्छ । समीक्षाका लागि पनि सम्पूर्ण ढोकाहरु खुला हुन्छन् ।’ उनले पार्टीको समग्र अवस्थाबारे गम्भीर छलफल हुने बताए ।

पार्टीको आन्तरिक व्यवस्थापन र नियुक्तिबारे कुरा हुँदैन यो बैठकमा ? जवाफमा उनले भने, ‘यो समयमा चुनावी समीक्षा भन्दा ठूलो विषय के हुन सक्ला र ? अन्य विषयहरुमा पनि छलफल त हुन्छ नै ।’

मूख्यगरी अहिले अन्य राजनीतिक विषयहरु छैनन्, उनले अगाडि भने, ‘चुनावको समग्र समीक्षा, पार्टीको आगामी रणनीति, नयाँ कार्यक्रम के बनाउने ?, महासमिति बैठक कहिले बोलाउने ?, जिल्ला सभापतिहरुको सम्मेलन कहिले हुने ? भन्ने विषयहरु र विधान मस्यौदा समिति सम्बन्धमा छलफल हुन्छ ।’  सदनमा प्रतिपक्षीको भूमिका र आउने दिनको कार्यदिशाबारे छलफल हुने उनले बताएका छन् ।

पार्टी मूख्य सचिव कृष्णप्रसाद पौडेलले यसअघि नै सबैलाई अनिवार्य उपस्थित हुन भनिसकेका छन् । तीनै तहका निर्वाचनपछि ठूलो साइजमा बस्न लागेको बैठकमा जिम्मेवारी बाँडफाँडबारे निर्णय गर्नसक्ने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संगठनको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनयन गर्ने तयारी गरेको कुरा चुहिएको छ । उता, भरखरै मात्र प्रमुख सचेतक नियुक्त भएका बालकृष्ण खाँणलाई चित्त नबुझेको कुरा आइरहेको छ । पार्टी सभापति देउवाले जिम्मेवारीमा पनि हेरफेर गर्न सक्ने बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ