arrow

नेपालमा दैनिक २५ देखि ३० पराकम्प जान्छ : भूकम्प मापन केन्द्र

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
earthquake-FNL-new.jpg.png

काठमाडौँ । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो ।

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको बताए । हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ ।

केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ