arrow

ठोरी नाकाबाट दैनिक ५० हजार लिटर इन्धन भित्रिँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
249693470.jpeg
वीरगन्ज। मधेसी दलले वीरगन्ज लगायतका सीमानाका एक महिना देखि ठप्प पारेपछि पर्साको ठोरी नाकाबाट दैनिक हजारौँ लिटर पेट्रोलियम तस्करी भइरहेको छ । 
 
भारतीय व्यपारीहरुले तस्करी गरेर ल्याएका डिजल र पेट्रोल लिन ठोरीमा चितवनको माडी, नारायणगढ, काठमाडौँ, पोखरा, गोरखा र तनहुँ लगायतका स्थानबाट व्यपारी र गाडी धनीहरु पुग्ने गरेका छन् । 
 
भारतबाट तस्करी गरेर ल्याइएको पेट्रोल र डिजेल चितवनको माडी, नारायणगढ, कास्की, गोर्खा, तनहँ र काठमाडौँसम्मका व्यपारी र गाडीधनीहरुले ठोरीबाट यात्रुवाहक बस र मोटरसाइकलमा राखेर विभिन्न स्थानमा ओसार्दै आएको आजको अन्नपूर्णपोस्टमा क्रान्ति शाहले लेखेकाछन्।
 
‘एक दिनमा कम्तीमा पनि ५० हजार लिटर डिजल र पेट्रोल यो नाका भएर ओसारिएको छ’, नाम नबताउने शर्तमा ठोरी भन्सार क्षेत्रका एक व्यपारीले भने, ‘तेल लिनकै लागि ठोरीमा दैनिक दुई सय भन्दा बढी गाडी र पाँच सय जति मोटरसाइकलआइरहेका छन् ।’
 
भारतीय व्यपारीहरुले भारतको जमुनिया, धनौजी र नरकटीयागन्जका पेट्रोल पम्पबाट खरिद गरेको डिजेल–पेट्रोल ठोरीमा पुर्याएर चर्को मुल्यमा बेच्ने गरेका छन्  ।
 
ठोरीमा भारतीय व्यापारीहरुबाट नेपालीहरुले डिजेल प्रतिलिटर एक सय २० देखि ४० र पेट्रोल एक सय ६० देखि दुई सय रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् । 
 
भारतीय नाका हुँदै तस्करी गरेर ल्याइएका हजारौँ लिटर डिजेल र पेट्रोल दिनहुँ ठोरीबाट नेपाल भित्रिरहेपनि त्यहाँ तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी भने मौन छन् । ठोरीमा इलाका प्रहरी कार्यालय  र सशस्त्र प्रहरी बेस क्याम्प  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ