arrow

म्यानमारमा संसद अधिवेशन सुरु

अधिवेशनको अध्यक्षतामा सुकीको दलका संसद

logo
प्रकाशित २०७२ माघ २० बुधबार
suki6.jpg.jpeg
नाइपिद्व (म्यानमार) । म्यानमारमा नयाँ निवार्चित संसदको पहिलो अधिवेशन बुधबारबाट सुरु भएको छ । गत नोभेम्बरमा निर्वाचित संसदको यो पहिलो अधिवेशन हो । म्यानमारको संविधानमा एक संसदको निर्वाचन भएपछि त्यसले तीन महिनापछि मात्र कार्यभार सुरु गर्ने प्रावधान रहेको छ । 
 
म्यानमारमा गत नोभेम्बर ८ मा आमनिर्वाचन सम्पन्न भएको थियो । प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेसनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले गत नोभेम्बर ८ मा भएको आमनिर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो । सोही दल गत सोमबारदेखि संसद प्रवेश गरेको हो । म्यानमारको सबैभन्दा ठूलो दलको कार्यभार सो दलले सोमबारबाट थालेको बताइएको थियो । 
 
करिब तीन महिना पछिमात्र म्यानमारको नवनिर्वाचित संसदको अधिवेशन सुरु भएको म्यानमारबत्राट प्राप्त समाचारमा जनाइएको छ । पहिलो संसद अधिवेशनको अध्यक्षता एनएलडीका यु जोने ललहताले गरेका छन् । गत नोभेम्बर ८ मा भएको आम निर्वाचनमा एनएलडीले २३३ सिटमा बहुमत हासिल गरेको थियो । 
 
म्यानमारको सैनिक सहयोगको सरकार एवम् पूर्व सैनिक जर्नेलहरुको बाहुल्यतामा रहेको राजनीतिक प्रणालीमा सुकीजस्तो प्रजातान्त्रिक दलले गरेको विजयका कारण म्यानमारमा राजनीतिको नयाँ बिहानी उदाउने अपेक्षा गरिएको छ । म्यानमारको सैनिक सहयोगको सरकारको नेतृत्वले गरेको सो निर्वाचनपछि सहजै शक्ति हस्तान्तरणका बारेमा नागरिकमा आशङ्का रहेको थियो । तर संसदको अधिवेशन नै सुरु भएपछि भने सरकारले सजिलै शक्ति हस्तान्तरण गर्ने भएको देखिएको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ