arrow

अन्तरिक्षमा कुनै प्रकारको असुरक्षा उत्पन्न नगर्न उत्तर कोरियालाई चीनको चेतावनी

logo
प्रकाशित २०७२ माघ २० बुधबार
north-koria.jpg.jpeg
बेइजिङ। उत्तर कोरियाले गर्ने भनेको रकेट परीक्षणको योजनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको  छ । चीनले बुधबार सो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यस्तो रकेट अन्तरिक्षमा नै पठाउने योजना बनाएको बताइएको थियो ।
 
चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङ्कले नियमित पत्रकार भेटघाटका क्रममा  उत्तर कोरियाको यो योजनाप्रति गम्भीर रहेको बताएका छन् । काङ्कले सो पत्रकार सम्मेलनमा  उत्तर कोरियाले कसैलाई असर नपर्नेगरी यस्ता परीक्षण गर्न पाउने अधिकार भएपनि अन्तरिक्षमा कुनै प्रकारको असुरक्षा उत्पन्न गर्न नपाइने प्रतिक्रिया दिएका छन्  । 
 
उत्तर कोरियाले अन्तरिक्षको शान्तिपूर्ण प्रयोग गर्न पाउने अधिकार भएपनि यसको दुरुपयोग गर्न नपाउने र यसरी गरिएको दुरुपयोग संयुक्त राष्ट्रसंघीय शान्तिसम्बन्धी प्रस्तावको विरुद्ध भएको पनि उनले बताए । 
 
गत महिनामात्र हाइड्रोजन बमको परीक्षण गरेको उत्तर कोरियाले हालैमात्र अन्तरिक्षमा नै रकेट परिक्षण गर्ने धम्की दिँदै आएको छ । उत्तरको यो धम्कीको विश्वकै नेताहरुले विरोध गरिरहेका बेला चीनले पनि यसको विरोध गरेको समाचारमा जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ