arrow

कांग्रेस भित्र कसको नेतृत्वमा अगाडि बढ्ला खुमबहादुर खड्काको धार ?

logo
डम्बर अधिकारी,
प्रकाशित २०७४ चैत २२ बिहिबार
khum-bahadur.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली नेता खुमबहादुर खड्काको  एउटा बलियो धार थियो ।खड्काको धार यति बलियो थियो कि उक्त धारले जुन समूहलाई साथ दियो उहि समूहले जित हात पार्दथ्यो । पार्टीको १३ औं महाधिवेशनमा पनि ठिक त्यस्तै भएको थियो ।

खड्काको धारले शेरबहादुर देउवालाई सर्मथन गरेकै कारण देउवा पार्टी सभापतिमा निर्वाचित भए । तर  खड्काले  लगाएको  गुन तिर्न भने पार्टी सभापति देउवा चुके । अब चाहेर पनि सभापति देउवाले खड्काले लगाएको गुन तिर्न सक्दैनन् । किनकि खड्का यो धर्तिबाट बिदा भएर गईसकेको अवस्था छ ।

खड्का यो धर्तिबाट बिदा भएर जाँदै गर्दा खड्काले नेतृत्व गर्दे आईरहेको धार कसको नेतृत्वमा अगाडि बढ्ला भनेर यतिखेर कांग्रेस पार्टीमा मात्र नभई अन्यत्र समेत चासो विषय बनिरहेको छ । विगतलाई फर्केर हेर्ने हो भने खड्काको धारमा कांग्रेस नेताहरु शंकर भण्डारी, पुष्पा भूषाल ,मोहनबहादुर बस्नेत ,देवेन्द्रराज कंडेल , इन्द्र बानियाँ , राजु थापा  लगायतका नेताहरु अटाएका थिए । पार्टीमा होस् या सरकारमा अवसर आउँदा धेरथोर भाग यो धारले पाउँदै आएको थियो । तर अब  भने खड्काको अनुपस्थितीमा यो धारको नेतृत्व कसले गर्ला भनेर विभिन्न अड्कलबाजी गरिन थालिएको छ ।

राजनीतिक हैसियत र उमेर समूहको हिसाबमा हेर्ने हो भने यो धारमा खड्का पछि सबै समकक्षी देखिन्छ । जसले गर्दा एकले अर्कालाई स्वीकार गर्न निकै कठिन देखिन्छ । यस्तो अवस्थामा ठ्याक्कै यही व्यक्तिले यो धारको नेतृत्व गर्ने वातावरण बन्ला भनेर सकिने अवस्था छैन । यस्तो अवस्थामा कतिपयले खड्काको नेतृत्वमा रहेको  धार विलय हुने प्रवल सम्भावना रहेको अड्कलबाजी समेत गर्न थालेका छन् । तर खड्काको धारका विषयमा जे जस्तो अड्कलबाजी गरिएपनि त्यतिकै विलय हुने सम्भावना निकै कम रहेको छ । सम्भवतः खड्का धार भित्रका नेताहरु कस्को नेतृत्वमा अगाडि बढ्ने भनेर छिटै नै छलफलमा जुट्नेछन् ।

 खेल्लान त पूर्णबहादुरले अभिभावकीय भूमिका ?

कांग्रेस नेता पूर्णबहादुर खड्का स्वर्गीय खुमबहादुर खड्काका रबर स्टयाम नभएपनि उनको नाम कहि न कहि जोडिने गर्दथ्यो । स्वर्गीय खड्काको नाम जोडेर पूर्णबहादुरले भाग लिएको चर्चा परिचर्चा बेला बेलामा हुने गरेको थियो । खड्कासंग नाम जोडिन पुगेका पूर्णबहादुरले खड्काको अनुपस्थितीमा कतै अभिभावकीय भूमिका निर्वाह गर्छन कि भनेर यतिखेर अड्कलबाजी गरिन थालिएको छ । तर पूर्णबहादुरले स्वर्गीय खड्काको धार सम्हाल्ने विषयमा एकथरीले भने शंकाको दृष्टिले हेरिरहेको अवस्था छ ।

हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिने सोचमा भण्डारी

खुमबहादुर खड्काले जिवनको अन्तिम क्षणसम्म हिन्दू राष्ट्रको एजेण्डालाई प्राथमिकताका साथ उठाई रहे । जुन एजेण्डालाई उनी निकट मानिने नेताहरुले समेत साथ दिदै आई रहेका थिए ।तर खड्काले उठाएको हिन्दू राष्ट्रको  एजेण्डा उनकै धारभित्र समेत खुलेर समर्थन गर्नेको संख्या औलामा गन्न संख्यामा थिए । ती मध्ये एक हुन केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी ।

जसले खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई विगतमा  खुलेर सर्मथन गरेका थिए । विगतमा खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई खड्काको अनुपस्थितीमा समेत निरन्तरता दिने आफ्नो योजना रहेको बताउँछन् ।यद्यपी यो विषय त्यति सहज नभएको भण्डारीको ठम्याई रहेको छ । भण्डारी हिन्दू राष्ट्रको एजेण्डा नेपाल र नेपालीको अस्तित्वसंग गाँसिएको हुँदा कुनै पनि हालतमा छोड्न नहुने बताउँछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ