arrow

ओलीको भारत भ्रमणमा लेन–देन दुवै भएको छ : डा. झा(अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
dr._jha_.JPG

यसअघि नेपालका प्रधानमन्त्री भारत भ्रमण जाँदा संयुक्त वक्तव्य आउनै सकिरहेकाे थिएन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएपछि दुवै देशको तर्फबाट १२ बुँदै सहमति भएकाे छ । यो सँगै महत्वपूर्ण विषयमा गहन छलफल भएको बुझिएको छ । चाँडै परिणाम आउने त्यस्तो कुनै सम्झौता भएन । प्रधानमन्त्री ओलीकाे भ्रमणबारे हामीले नेपाल भारत मामिलाका जानकार तथा अर्थशास्त्री डा. हरिवंश झासँग कुरा गरेका छाैँ :

० प्रधानमन्त्री ओलीलाई भारतले गरेकाे स्वागतलाई हेरेर, त्यसले नेपाल भारत सम्बन्धमा परिवर्तन आएको हो भन्न सकिन्छ ?
– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वागत गर्नुभयो । त्यत्ति मात्र होइन, सम्पूर्ण भारतले प्रधानमन्त्री ओलीको स्वागत गरेको छ । यो स्वागत प्रधानमन्त्री ओलीलाई होइन, नेपाली जनतालाई स्वागत गरिएको हो भन्ने मलाई लाग्छ । प्रधानमन्त्रीलाई यसअघि पनि स्वागत गरेको हो, अहिले पनि स्वागत भयो । अहिले प्रधानमन्त्री ओली बलियो प्रधानमन्त्रीका रुपमा हुनुहुन्छ । नेपालसँग कुनै सम्झौता भयो भने त्यो कार्यान्वयन होला भन्ने भारतलाई लागेको छ । नेपालप्रति भारतको सोचाइमा नयाँ आयाम थपिएको छ ।

० भारतीय राष्ट्रपतिले नेपालसँगको सम्बन्धबारे गरेको टिप्पणीलाई कसरी लिने ?
– भारतको जति पनि अन्य देशसँग सम्बन्ध छ, त्यसमध्ये नेपालको विशिष्ट स्थान छ । प्रकृतिले पनि नेपाललाई भारतसँगको सम्बन्धलाई अन्योन्यश्रित बनाएको छ । नेपालको भारतसँग जति गहनतम सम्बन्ध हुनसक्छ, अरु राष्ट्रसँग हुन सक्दैन । त्यसकारण कारण भौगोलिक हो । नेपाल तीनतिरबाट भारतले घेरेको छ । हाम्रो संस्कृति र भाषा भारतसँग मिल्छ । हाम्रो आवातजावत भारतसँगै बढी हुन्छ । यस हिसाबले भारतीय राष्ट्रपतिले नेपाल भारतसँगको सम्बन्धबारे जुन टिप्पणी गर्नुभएको छ, त्यो अदितीय छ । यो अदितीय सम्बन्ध हाम्रो तर्फबाट पनि हो ।

० यो भ्रमणमा लेन-देन केही भयो ?
– लिने दिने केही भयो । वीरगन्जमा एकीकृत भन्सार जाँचको उद्घाटन भयो । यसको निर्माण केही समय अघि नै भएको थियो । गत शनिबार औपचारिक उद्घाटन भयो । यसले नेपाल भारतको व्यापारमा परिवर्तन आउन सक्छ । नेपाली व्यापारीहरुले सामान आपूर्ति गर्न जुन कठिनाइ पाइरहेका थिए, अब केही सहज हुन्छ । व्यापारमा लेन–देन दुवैतिरबाट भएको छ । अर्को मोतिहारीबाट अम्लेखगन्जसम्मको पेट्रोलियम पाईपलाईनको विस्तार हो । भारतको भूमिबाट नेपालतर्फ सजिलै पेट्रोलियम पदार्थको आयात हुन्छ । यसले पनि दुवै देश लाभान्वित हुन्छन् । १२ बुँदे सम्झौतामा रेल सेवा विस्तारेबारे पनि कुरा छ । रक्सौलबाट काठमाडौं रेल सेवामा सम्झौता भइसकेको छ । नेपाललाई जलमार्ग पनि जोड्ने कुरा भएको छ । अर्थात् दुवै देशले लिने दिने गरी सम्झौता गरेका छन् ।

० अरुण र पञ्चेश्वरका बारेमा केही बोलिएन ?
– अरुण र पञ्चेश्वरको कुरा पनि नेपालले उठेको हुनुपर्छ । यसमा नेपाल र भारत दुवैको चासो छ । सबै कुरा एउटै भ्रमणमा हुन्छ भन्ने हुँदैन । निकट भविष्यमा भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने हामीले बुझेका छौं । त्यो भ्रमणले यी महत्वपूर्ण दुई आयोजना जुन समृद्धिसँग जोडिएको त्यो सम्बोधन हुन्छ होला । सम्बन्ध अझ बलियो बनाउन त्यो योजना महत्वपूर्ण छ । अहिले नै योजना सम्बोधन हुनुपथ्र्यो, तर भएन । अब निकट भविष्यमा सम्बोधन हुन्छ भन्ने आशा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ