arrow

केपी ओली भन्छन 'विद्या भण्डारीलाई राष्ट्रपति बनाउन सहमति खोजिने'

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1434172459.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनका लागि बहुमतीय प्रक्रिया थालिएपनि सहमतिका साथ अघि बढ्न सकिने बताउनुभएको छ । 
 
विजया दशमीका अवसरमा नेपाली काँग्रेसले आज दशरथ रङ्गशालामा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले विगतमा राष्ट्रपति तथा प्रधानमन्त्रीको निर्वाचनमा नेकालाई सघाएको र त्यसपछि पनि सहमतिका साथ एकताबद्ध भएर अघि बढ्ने प्रयास भइआएको उल्लेख गर्नुभयो । 
 
हालै भएको प्रधानमन्त्रीको निर्वाचनमा समझदारी र सहमतिमा असहजता र अप्ठ्यारो देखापरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “अब हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)ले पूर्व रक्षामन्त्रीसमेत रहनुभएका संविधानसभा सदस्य विद्यादेवी भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्ताव गरेको छ र यस प्रस्तावलाई केन्द्रबिन्दुमा राखेर सहमतिका सबै प्रयास अघि बढाउन आग्रह गरेका छौँ ।” 
 
सहमतिका साथ अघि बढ्न वाञ्छनीय भएकाले नेकालगायत सबै दललाई एमालेको प्रस्तावमा समर्थन जनाउन आग्रहका साथ पत्रसमेत पठाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले सभामुख र उपसभामुखको निर्वाचनले बहुमतीय प्रक्रिया भए पनि बिना विरोध निर्वाचन गर्न सकिने देखाएकाले बहुमतीय प्रक्रियामा गए पनि सहमतिका साथअघि बढ्न सकिने विश्वासका साथ नेत्री भण्डारीलाई प्रस्ताव गरिएको स्पष्ट गर्नुभयो । 
 
राष्ट्रपतिको पदमा पुनः नेकालाई समर्थन जनाउने सन्दर्भमा सोधिएको एक प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो – “नेकालाई धेरै पटक सहयोग गर्‍यौँ । यसपटक नेकाले पनि सहयोग पुर्‍याउनुपर्छ ।” हालै भएको प्रधानमन्त्रीको निर्वाचनमा नेकाले समर्थन गरेको भए अहिले उक्त दलका राष्ट्रपतिका उम्मेदवारलाई समर्थन दिन सजिलो पर्ने उहाँको भनाइ थियो । 
 
यस विषयमा नेकाले गम्भीरताका साथ सोच्ने र राष्ट्रिय एकताको आवश्यकतालाई महसुस गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभावबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो – “सरकारको कमीकमजोरीले यो स्थिति आएको होइन । अन्य कारणले नै भएको हो । अहिलेको समस्या समाधान गर्न सरकार प्रयासरत छ ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ