arrow

भारतीय नौसेनाले महिला सेनालाई पानी जहाज चलाउने अनुमति दिने

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
indiannavy.jpg.jpeg
नयाँ दिल्ली । भारतीय नौसेनाका अनुसार अव छिटै भारतीय महिलाले पनि नौसेनाको पानी जहाजको चालकका रुपमा सेवा गर्ने अवसर पाउने भएका छन् । भारतीय महिलाले अव युद्धपोतको चालकमा कार्यरत हुन पाउने भारतीय नौसेना प्रमुख आदमिरा आर के दोवानले दक्षिणी भारतीय बन्दरगाह सहर विसाखापतनम्मा बुधबार बताएका हुन् । 
 
भारतीय रक्षा मन्त्रालयमा गतबर्ष नै यस सम्बन्धि प्रस्ताव आइसकेको र यसमा महिलालाई कसरी सुरक्षित र अनकुलरुपमा कामगर्ने वातावरण मिल्छ भन्ने बारेमा प्रक्रिया अगाडि बढेको बताइएको छ । भारतीय रक्षामन्त्रालयका अनुसार उक्त जहाजमा पहिलो महिला चालक सन् २०१७ को जुन महिना सम्ममा हुने छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ