arrow

भक्तपुरका छवटै नगर समितिमा काँग्रेसको नयाँ नेतृत्व

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
13th-congress.png.png.png.png
भक्तपुर। नेपाली काँग्रेस भक्तपुर जिल्लामा छ वटा नगरपालिकाको काँग्रेस नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ । 
 
भक्तपुर नगर समिति सभापतिमा रामप्रसाद कासुला, उपाध्यक्षमा राजेन्द्र तमखु, कोषाध्यक्षमा किरणहरि श्रेष्ठलगायतका सदस्य निर्वाचित भएका छन् भने मध्यपुरथिमि नगर समिति सभापतिमा सुरेन्द्र श्रेष्ठ, सचिवमा सुरज खड्का, कोषाध्यक्षमा उमेश खड्कासहित सदस्य विजयी भएका छन् । 
 
सूर्यविनायक नगर समिति सभापतिमा बालकृष्ण थापा, उपसभापतिमा दीपक बस्नेत, सचिवमा सत्यनारायण ध्वजू, अर्का सचिवमा प्रकाशराज ढुङ्गेल र कोषाध्यक्षमा रामबहादुर खत्री सर्वसम्मत भएका छन् भने नगरकोट नगरसमिति सभापतिमा यादव अधिकारी, सचिवमा सञ्जीव पुरी, कोषाध्यक्षमा रोशन तिमिल्सिनालगायत सदस्य सर्वसम्मत चयन भएका छन् । 
 
त्यसैगरी चाँगु नारायण नगर समिति सभापतिमा शिवहरि केसी, सचिवमा दिवाकर पौडेल, कोषाध्यक्षमा साधना मल्ल ठकुरीलगायत सदस्य निर्वाचित भएका छन् भने अनन्तलिङ्गेश्वर नगर समिति सभापतिमा शिवशरण खत्री, सचिवमा सुरज खड्का, कोषाध्यक्षमा रवीन्द्र कार्कीलगायत सदस्य निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ