arrow

तेक्वान्दो खेलाडीको विकासका लागि महासङ्घका अध्यक्ष नेपालमा

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Tecwando.jpg.jpeg
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज राष्ट्रपति भवन, शीतल निवासमा नेपाल भ्रमणमा रहेका द वल्र्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा चुङवन चोउ सहितको टोलीले शिष्टाचार भेट भएको छ । भेटका अवसरमा अध्यक्ष चोउले नेपालमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका तेक्वान्दो खेलाडी र बालबालिकाको विकासका लागि सहयोग गर्ने उद्देश्यले टोली नेपाल भ्रमणमा रहेको जानकारी गराए ।। 
 
उहाँले राष्ट्रपतिसमक्ष तेक्वान्दो खेलको सर्वोच्च वेल्ट( ९डन ब्ल्याक बेल्ट) पनि प्रदान गरे । नेपाल तेक्वान्दो सङ्घका पदाधिकारी समेतको भेटघाटमा राष्ट्रपतिले सङ्घले नेपालका भूकम्प प्रभावित क्षेत्रमा गर्न लागेको सहयोगका लागि धन्यवाद दिँदै आगामी सागमा नेपाली खेलाडी टोलीको सफलताको कामना गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ